नइमा नयाँ व्यवस्था : अब कुलपति र उपकुलपति

नइमा नयाँ व्यवस्था : अब कुलपति र उपकुलपति

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ २४ गते आईतबार ०६:०७

नइ प्रकाशन जसले बर्षेनी साहित्य र कल, संस्कृतिका क्षेत्रमा समर्पित भएका दर्जनौं व्यक्तित्वलाई सम्मान एवम् पुरस्कृत गर्दै आएको छ । यसैगरी, समय समयमा ऐतिहासिक कीर्तिहरूको प्रकाशन पनि नइ प्रकाशनबाट हुँदै आएको छ । नयाँ व्यवस्थाले उक्त संस्थाको गरिमा झनै उचो हुने आम बुझाइ छ ।

नइ प्रकाशनको हालै सम्पन्न विशेष साधारण सभाले त्यस्तो व्यवस्था गरेको हो ।

काठमाडौं– नेपाली साहित्यका क्षेत्रमा विशेष योगदान गर्दै रजत महोत्सव समेत मनाइसकेको नइ प्रकाशन साहित्यिक तथा साँस्कृतिक संस्थाका रुपमा स्थापित भएको छ । त्यसैले समयको चाप र माग अनुसार अब नइ प्रकाशनमा नयाँ व्यवस्था हुने भएको छ । त्यो हो, नइमा कुलपति र उपकुलपति रहनु हुने भएको छ ।
यस संस्थाबाट प्रकाशित कृतिहरूमा सङ्कलित लेखका विद्वान् स्रष्टाहरूले नइलाई प्राज्ञिक संस्थाकै रूपमा व्याख्या गरी मूल्याङ्कन गरेका छन् ।
नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले एक विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी दिनु भएको हो । उहाँका अनुसार नइ प्रकाशनले नेपाली वाङ्मय परम्पराका साधक स्रष्टाहरूका स्थायी मूल्य र सार्वजनिक महत्त्वका अप्रकाशित प्राज्ञिक तथा सृजनात्मक कृतिहरूलाई बिक्री मूल्य नराखी प्रकाशन गर्दै आएको छ । साथै यो संस्था गैरनाफामूलक ढङ्गले सञ्चालनमा रही आएको प्रसाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उहाँका अनुसार नइ प्रकाशनका अध्यक्ष तथा उपाध्यक्ष पदलाई कुलपति र उपकुलपतिमा रूपान्तरण गर्ने नइ प्रकाशनको विशेष साधारण सभाले निर्णय गरेको छ ।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा नइ प्रकाशनको विशेष साधारण सभाले त्यस्तो प्रवन्ध गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत खुलासा गरिएको हो ।
विज्ञप्तिमा नइ प्रकाशन सर्वसाधारण जन समुदायले बुझ्ने गरेजस्तो पुस्तक प्रकाशन व्यवसायी संस्था होइन भनिएको छ ।
नइ प्रकाशनको उद्देश्य प्रकाशन व्यवसायद्वारा आयआर्जन गर्नुका सट्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विविध क्षेत्रका विशिष्ट प्रतिभाहरूलाई उपाधि सम्मान, पदक, पुरस्कार आदि अर्पणद्वारा प्राज्ञिक एवम् सृजनात्मक वातावरणको निर्माण तथा अभिवृद्धि गर्नु रहेको छ । जसले बर्षेनी साहित्य र कल, संस्कृतिका क्षेत्रमा समर्पित भएका दर्जनौं व्यक्तित्वलाई सम्मान एवम् पुरस्कृत गर्दै आएको छ । यसैगरी, समय समयमा ऐतिहासिक कीर्तिहरूको प्रकाशन पनि नइ प्रकाशनबाट हुँदै आएको छ । नयाँ व्यवस्थाले उक्त संस्थाको गरिमा झनै उचो हुने आम बुझाइ छ ।

प्रकाशित मिति २०८० भाद्र २४, आईतवार ०६:०७ गते
हजुरको प्रतिक्रिया