कांग्रेसका नेता शेखर कोइराला – गगन पक्षको भेला : काँग्रेसमा गुटबन्दी घट्ला कि बढ्ला ?

कांग्रेसका नेता शेखर कोइराला –  गगन पक्षको भेला : काँग्रेसमा गुटबन्दी घट्ला कि बढ्ला ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज ३ गते बुधबार ०६:४४

पछिल्लो कार्यसमितिबाट पारित गरिसकेको कार्ययोजना र कार्यतालिका त्यसको समीक्षा हुनुप¥यो । कति कार्यान्वयन भयो कति भएन । के कमी रह्यो ? हत्यसलाई कसरी सुधारेर जाने, १५ औं महाधिवेशन समय(०८२ मै) हुनु पर्छ भन्ने नै मुख्य विषय त्यो नै हो ।

नेपाली कांग्रेसको शेखर पक्षको बैठकमा के– के गरियो ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको हिजो भेला भयो । संस्थापनइतरका नेता शेखरको सम्पर्क कार्यालयमा बैठक बसेको थियो । भोलि असोज ४ मा केन्द्रीय समिति बैठक बस्नु अघि कोइरालाले हिजो २ गते आफ्नो सचिवालयमा छलफल गरिएको हो ।
दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि केही ढिला गरी सुरू भएको थियो । सो बैठकमा आउने भन्ने चर्चाका बीच महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेल देखिनु भएन । सो भेलामा कोइराला नेतृत्वमा रहेका संस्थापनइतर समूहको बैठकमा आउने चर्चाबीच पार्टीका नेता तथा कार्यकर्ताहरू सचिवालयमा पुगेका थिए ।
कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएपछि संस्थापनइतर समूहको बैठक प्रायः बस्ने गर्छ । यद्दपि गत साउन २ गते केन्द्रीय समिति बैठक बस्दा त्यसअघि संस्थापनइतरका नेता शेखर पक्षको बेग्लै बैठक बसेन । त्यसबेला त्यो बेलामा आफ्नो समूह बैठक नराखेर राम्रो सन्देश दिएको भन्दै देउवा पक्षका नेताहरूले प्रशंसासमेत गरेका थिए । तर कोइरालाउपर सभापति शेरबहादुर देउवासँग मिलेको आरोपसमेत लागेको थियो । तर शेखरले भने सभापति देउवासँग मिलेको कुरालाई खण्डन गर्नु भएको थियो ।
यो पटक भोलि असोज ४ मा केन्द्रीय समिति बैठक बस्दैछ । त्यसअघि कोइरालाले हिजो आफ्नो सचिवालयमा समूहको बैठक गरिएको हो । बैठकमा सरकारका कामकारबाहीका समीक्षादेखि केन्द्रीय समिति बैठक र कोइराला समूहका गतिविधिबारे समीक्षा भएको बताइन्छ ।
नेविसंघ र तरूण दलजस्ता भ्रातृ संस्था ‘जम्बो’ बनाइएको विषयमा पनि बैठकमा नेताहरूले असन्तुष्टि जनाएका छन् ।
बैठकपछि नेता दिलेन्द्रप्रसाद बडूले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै भन्नुभयो, ‘असोज ४ को केन्द्रीय समितिमा के–कस्ता एजेन्डा राख्ने भन्ने विषयमा कुराकानी भयो, समसामयिक राजनीतिक घटनाक्रमका विषय र पार्टीका आगामी कार्यदिशाबारे छलफल तथा सरकारका कामकारबाहीबारे पनि समीक्षा गरियो ।’
उहाँका अनुसार मंसिरमा हुने महासमिति बैठक तयारी र ०८२ मै १५ औं महाधिवेशन गर्नुपर्ने विषयका सन्दर्भमा पनि छलफल भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसका नौ जना सरकारका मन्त्री छन् ।
उहाँले थप भन्नुभयो, ‘केन्द्रीय समितिले पास गरेको वार्षिक कार्ययोजना कति कार्यान्वयन भए वा भएनन् त्यसको पनि समीक्षा हुनुपर्छ, क्रियाशील सदस्यता वितरणदेखि सबै तयारी गर्नुपर्ने विषय पनि उठेका छन् ।’
पार्टीलाई थप सशक्त र चलायमान बनाउनुपर्नेमा जोड दिइएको उहाँको भनाइ छ ।
अर्का केन्द्रीय सदस्य सञ्जय गौतमले सरकारका गतिविधिबारे पनि समीक्षा गरिएको बताउनु भयो । गौतमले भन्नुभयो, ‘सरकारका कतिपय गतिविधिमा पनि हामीलाई चित्त बुझेको छैन, यो सरकारले सुशासन दिओस्, भ्रष्टाचारलाई नियन्त्रण गरोस् र जनतामा देखिएको निराशालाई आशामा रूपान्तरण गरोस् भन्ने हो ।’
०७८ को १४ औं महाधिवेशनमा कोइराला नेतृत्वको प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्य जितेका अधिकांश बैठकमा थिए । बैठकमा उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियारसहित करिब २५ जना सहभागी हुनुहुन्थ्यो ।
बैठकमा कांग्रेसले अनुशासन कारबाही फुकुवा गरेका चितवनका दिनेश कोइराला पनि हुनुहुन्थ्यो । कांग्रेसले कोइरालालाई पूर्ववत भूमिका (केन्द्रीय सदस्य) कै जिम्मेवारीमा फर्काएको छ । असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा भाग लिन राजधानी आउनु भएका उहाँ पनि शेखर निकट मानिनु हुन्छ ।
विधान विपरीत पार्टीमा भएका निर्णयका बारेमा केन्द्रीय समितिमा कुरा उठाउने केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले बताउनु भयो । उहाँका अनुसार कोशीमा संविधान विपरीत सरकार बनाउँदा मुख्यमन्त्री गुमाउनुपरेको, पार्टीभित्र इतर पक्षका कार्यकर्तालाई मनपरी ढंगले अनुशासनको कारबाही गरिएको, भ्रातृ संस्थामा आफूखुसी मनोनयन र नियुक्ति गरिएको बारेमा केन्द्रीय सदस्यहरूले प्रश्न उठाएका थिए । उहाँका अनुसार पछिल्लो कार्यसमितिबाट पारित गरिसकेको कार्ययोजना र कार्यतालिका त्यसको समीक्षा हुनुप¥यो । कति कार्यान्वयन भयो कति भएन । के कमी रह्यो ? र त्यसलाई कसरी सुधारेर जाने भन्ने नै मुख्य विषय त्यो नै हो ।
सो बैठकमा केही नेताहरूले कांग्रेसले भ्रष्टाचारविरूद्ध अभियान नै रोकेको समेत बताए ।
महामन्त्री गगन थापाले पार्टीले प्रभावकारी ढंगले काम गर्नुपर्ने बताउँदै वार्षिक कार्यतालिकाअनुसार नै पार्टीका काम कारबाही अघि बढ्नु पर्ने उहाँको जोड थियो । वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको उहाँको तर्क छ ।
यस्ता भेलाले गुणगत द्वन्द्व बढ्छ कि घट्छ ?
तर्कको कुनै सीमा हुँदैन । भनिन्छ, ‘कुरो र कुलो जता पनि जान्छ ।’ त्यसैले गुटगत राजनीतिको अन्त्य गर्ने भन्दै बैठक र भेला गर्नुले एकतालाई के कति बल दिने हो ? भन्ने प्रश्न काँग्रेस भित्र लामो समयदेखि अनुत्तरित हुँदै आएको छ ।
कांग्रेस विधानअनुसार चार वर्ष अन्तरालमा महाधिवेशन हुनुपर्छ । सो अनुसार ०८२ मा १५ औं महाधिवेशन हुनु पर्छ ।
कांग्रेसको संस्थापन पक्षमा शेखर– गगनको चासो :
यसैबीच, कांग्रेसको संस्थापन इतर पक्षले राखेको छलफलमा नेताहरुले डा.शेखर कोइराला र महामन्त्री गगन थापाको सम्बन्धका विषयमा चासो राखेका छन् ।
एक केन्द्रीय सदस्य भन्छन्, ‘हामी बीचमा अविश्वास रहेर त कसरी हुन्छ र ? हामीले आफ्नो कुरा राख्यौं । (शेखर र गगनले) मिलेर जाने भन्नुभएको छ । हामीले त राय दिने न हो ।’

प्रकाशित मिति २०८० आश्विन ३, बुधबार ०६:४४ गते
हजुरको प्रतिक्रिया