दुवारमा लाङ्घाली मगर आमा समुहको नवनिर्मित भवनको गाउँपालिका अध्यक्षबाट उद्घाटन

दुवारमा लाङ्घाली मगर आमा समुहको नवनिर्मित भवनको गाउँपालिका अध्यक्षबाट उद्घाटन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २५ गते बिहिबार १०:४८

१० लाख ४० हजार ६०२ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । त्यसमध्ये छ लाख रुपैयाँ विभिन्न स्रोतबाट नगद संकलन भएको र बाँकी गाउँलेबाट श्रमदानबाट भवनको निर्माण गरिएको हो ।

समुहको करिब १० आनामा रहेको घडेरीमा सो भवन निर्माण

दुवार(लमजुङ)– लमजुङको दोर्दी गाउँपालिका– ८, बंसारको दुवारमा लाङ्घाली मगर आमा समुहद्वारा सामुदायिक भवन निर्माण गरिएको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले नवनिर्मित भवनको उद्घाटन असोज २२ गते गर्नु भएको हो ।
प्रमुख आतिथि अधिकारीले भवन निर्माणले गाउँ समाजमा बेलाबखतमा सञ्चालन हुने भेला तथा बैठकमा सहज हुने बताउनु भयो । उहाँले सेवाका भावनाले भवन निर्माणका खट्नु हुने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
उक्त कार्यक्रममा समूहका सल्लाहकार एवम् मगर संघका जिल्ला सदस्य आशबहादुर मगरले स्वागत मन्तव्य सहित भवन निर्माणको खर्च विवरण सुनाउनु भएको थियो । उहाँले भवन निर्माणका लागि गाउँलेबाट गरिएको सहयोग, श्रमदानको सराहना गर्दै १० लाख ४० हजार ६०२ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । त्यसमध्ये छ लाख रुपैयाँ विभिन्न स्रोतबाट नगद संकलन भएको र बाँकी गाउँलेबाट श्रमदान भएको उल्लेख गर्नु भयो । सो स्थानमा भाञ्साघर अझै पनि बनाउन बाँकी रहेको उहाले बताउनु भयो ।
सो अवसरमा पूर्ववडाध्यक्ष तुलबहादुर घले, स्थानीय बुद्धिजीवी बलबहादुर गुरुङ, विलबहादुर मगर, वडा सदस्य लालामाया मिजार, पञ्च विक, सन्तबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
लाङ्घाली मगर आमा समुहका अध्यक्ष कविता मगरको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन आमा समूहका अनिता मगरले गर्नुभएको थियो ।
लाङ्घाली मगर आमा समुहको करिब १० आनामा रहेको घडेरीमा सो भवन निर्माण गरिएको हो । उक्त जग्गा केही वर्ष अघि एक लाख ३० हजार रुपैयाँमा समूहले किनेको हो ।

प्रकाशित मिति २०८० आश्विन २५, बिहीबार १०:४८ गते
हजुरको प्रतिक्रिया