बेसीशहर– नेपाल पत्रकार महासंघको जिल्ला शाखा लमजुङको भवन निर्माणको कामले युद्धस्तरमा गति लिइरहेको बेलामा भवन निर्माणमा प्रयोग हुने छड तथा रिङ(पिल्लरका लागि रड बाध्न प्रयोग हुने)सहितका सामग्री चोर्ने चोर र किन्ने कवाडीवालाका एक एक जना कार्तिक ८ गते विहान पक्राउ परेका छन् ।
सो कार्यमा संलग्न हुने अन्य दुई जना फरार रहेको जानकारीमा आएको छ । सो चोरी कार्यमा रातको समयमा निर्माण सामग्री, सिमेन्ट, छड, बालुवा आदि कुर्नका लागि राखिएको कुल्ली नै संलग्न रहेको र उ यतिबेला फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुरुमा त हैन भनेर निकै जिद्दी गरे, पछि खोज्दै जाँदा बोरामा रिङ र केही छडका टुक्रासमेत भेटियो, उनीहरूलाई पक्राउ गर्ने प्रहरी सहायक निरीक्षक राजेन्द्र कोइरालाले बताउनु भयो । उहाँका अनुसार गुड्डु भन्ने कवाडीवालालाई बेचेको रहेछ । उहाँले भन्नुभयो, ‘दुई हजार दुई सयमा किनबेच भएको भन्ने खुलेको छ, उनीहरूलाई भरखरै ल्याएको हो, अनुसन्धनको क्रममा बाँकी अनुसन्धानको क्रममा खुल्दै जाला ।’
त्यस कार्यमा त्यहाँ राती सामग्री कुर्न बसेको केटा र उसको साथी पनि संलग्न छ भन्ने छ ती ऐले फरार रहेकोले खोज्दै छौं कोइरालाले बताउनु भयो । सो भवनको पहिलो तलाको ढलानको समयदेखिनै छड चोरी भएको आशंका गरिएको थियो ।
महासंघको भवन बेसीशहर नगरपालिका– ३ को सेरा पारी गाउँशहर जाने बाटोमा निर्माण भइरहेको छ ।
प्रकाशित मिति २०८० कार्तिक ८, बुधबार १०:४५ गते