राजशान्ति फाउण्डेसनद्वारा दुई विद्यालयका छात्रछात्रालाई सहयोग

राजशान्ति  फाउण्डेसनद्वारा दुई विद्यालयका छात्रछात्रालाई सहयोग

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस ९ गते सोमबार ०५:२५

आफ्ना पिता स्व. पूर्णबहादुर सुनारको अर्ति, उपदेश र उहाँले देखाएको बाटोमा आफू हिडेको स्मरण गर्दै राज फाउण्डेसनका संस्थापक संस्थापक राजकुमार सुनार (राजु सुनार)ले बताउनु भयो । सो संस्था मौलिक लोक संस्कृति, भेषभुषा, रीति रिवाज, परम्पराको संरक्षण, सम्वर्धन र प्रवद्र्धन तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील रहँदै आएको छ । 

उदीपुरको जनकल्याण माविका छात्रछात्रालाई झोला र राइनासको माझीगाउँको कृष्ण प्राविका छात्रछात्रालाई ट्याक प्रदान गरिएको हो ।

बेसीशहर । लमजुङको सामाजिक क्षेत्रमा क्रियाशील राजशान्ति फाउण्डेनले दुई विद्यालयका छात्रछात्रालाई सहयोग गरेको छ  । बेसीशहर नगरपालिका– १ उदिपुर र राइनास नगरपालिका– ८ माझिगाउँ स्थित कृष्ण प्राविका छात्र छात्रलाई पुस ८ गते सहयोग गरेको हो ।
बेसीशहर नगरपालिका– १ उदिपुर स्थित विद्यालयमा अध्ययनरत ४५ जना छात्र छात्राले झोला सहयोग पाएका छन् । राजशान्ति फाण्डेशनले विद्यालयको ७२ औँ वार्षिकोत्सव एवम् ४४ औँ अभिभावक दिवसमा विद्यार्थीलाई झोला हस्तान्तरण गरिएको हो ।
विद्यालको आधारभुत तहमा अध्ययनरत जेहेन्दार र विपन्न परिवारका छात्र छात्रालाई झोला सहयोग गरिएको राजशान्ति फाउण्डेशनका सचिव सपिक वि.क र प्रतिनिधि अनुज अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रधानाध्यापक सुर्यबहादुर अधिकारीले संयुक्त रुपमा विद्यार्थीलाई उक्त झोला हस्तान्तरण गर्नुभएको हो । झोला पाएपछि आधारभुत तहमा अध्ययनरत जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका छात्र छात्राको पढाई नियमित गर्न सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक सुर्यबहादुर अधिकारीले बताउनुभयो । उहाँका अनुसार अब विद्यार्थीले आफ्ना स्टेशनरी सामग्री कापि कलम, किताव सुरक्षित राख्न सक्ने र विद्यालय नियमीत गराउन ठुलो टेवा पुग्ने अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर भएका परिवारका अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय झोला समेत किनिदिन नसक्दा पढाइ नियमती हुन सकेको थिएन ।’ विद्यार्थीलाई विद्यालयमा आकर्षित गर्नका लागि विभिन्न सहयोगी संघ संस्था, मनकारी व्यक्तिहरूको सहयोगमा प्राप्त हुने विद्यालय पोषाक, स्टेशनरी र  झोलाले ठूलो भुमिका खेल्ने गरेको उहाँको भनाइ छ ।
फाउण्डेशनका संस्थापक सुन्दरबजार नगरपालिका– ९ भोटेओडार घर भइ हाल बेलायतमा रहनु भएका राजकुमार सुनारले बालबालिकाको पढाई नियमित गराउन ३१ हजार ५ सय बराबरको झोला विद्यालयलाई उपलब्ध गराउनुभएको हो । उहाँले आफ्नो परिवारको सदस्यहरुले वार्षिक रुपमा कमाएको केही प्रतिशत रकम फाउण्डेशन मार्फत विभिन्न सामाजिक काममा सहयोग गर्दै आउनुभएको छ । आँफू प्रवासमा रहेर पनि मातृभूमिको लागि केही गरौँ भन्ने सोचका साथ आफूले व्यक्तिगत तर्फबाट सहयोग गर्दै आएको फाण्उडेशनका संस्थापक राजकुमार सुनार (राजु सुनार)ले जानकारी दिनुभयो । उहाँले आफ्नो धर्मपन्ती शान्ति सुनार र आफ्नो नाउँमा राजशान्ति फाउण्डेशन स्थापना गरेर सहयोग गर्दै आउनु भएको छ ।
कृष्ण प्राथमिक विद्यालयका छात्र छात्रलाई विद्यालय पोशाक (टक सुट) सहयोग :
यसैगरी, फाउण्डेशनले राइनास नगरपालिका– ८ माझिगाउँ स्थित कृष्ण प्राथमिक विद्यालयका छात्र छात्रलाई विद्यालय पोशाक (टक सुट) सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरिएको फाउण्डेशनका संस्थापक शान्ति सुनारले जानकारी दिनुभयो । उहाँले दुर दराजमा रहेका विद्यार्थीहरु विविध कारणले गर्दा नियमित विद्यालय जान नसक्ने, बीचैमा पढाइ छोड्ने लगायतको समस्या हुने गरेकाले विद्यालय नियमित गराउन विद्यालय पोशाक सहयोग गरिएको बताउनुभयो ।
फाउण्डेशनका सचिव समिप बि.क प्रतिनिधि अनुज अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरी सुनार, प्रधानाध्यापक सिर्जना गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानबहादुर थापा, राइनास नगरपालिकाका कार्यपालिका सदस्य सुकबहादुर बि.क लगायतको रोहबरमा विद्यार्थीलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो । स्थानीय हरिभक्त बि.कको समन्वयमा सो कार्य गरिएको हो ।
राजशान्ति फाउण्डेशनले जिल्लामा शिक्षा, स्वास्थ्य, मिडिया, साहित्य, गीतसंगीत र विभिन्न विपदमा परेका विपन्न अवस्थाका मानिसलाई सहयोग गर्दै आएको छ । मौलिक लोक संस्कृति, भेषभुषा, रीति रिवाज, परम्पराको संरक्षण, सम्वर्धन र प्रवद्र्धन तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील राजशान्तिले गीत संगीतको क्षेत्रमा पनि उत्तिकै योगदान पु¥याउनु भएको छ । आफ्ना पिता स्वर्गीय पूर्णबहादुर सुनारको अर्ति उपदेश र उहाँले देखाएको बाटोमा आफू हिडेको बताउँदै दीनदुःखी र समस्यामा परेका मानिसलाई सहयोग गर्नु आफ्नो दायित्व रहेको उहाँले उल्लेख गर्नुभयो । पछिल्लो समय राजशान्ति फाउण्डेशनले निर्माण गरेको सुन्दरबजार कटेसी कुन्छा बोलको गीतले नेपाली लोक तथा दोहोरी गीतका दर्शक स्रोतामाझ निकै लोकप्रिय छ ।
प्रकाशित मिति २०८० पुष ९, सोमबार ०५:२५ गते
हजुरको प्रतिक्रिया