पांँच उद्यमी महिलालाई पुनः प्रयोग गर्न सकिने प्याड उद्योग स्थापनार्थ सीप र सामग्री सहयोग

पांँच उद्यमी महिलालाई पुनः प्रयोग गर्न सकिने प्याड उद्योग स्थापनार्थ सीप र सामग्री सहयोग

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस १६ गते सोमबार ०६:५९

ऐतिहासिक स्थल दुराडाँडाको तुर्लुङकोटमा उद्योग सञ्चालनका लागि राधा दुरा, रोजिना दुरा, सरिता दुरा, बुद्धिमाया मजाकोटी र सन्तदेवी दुराले प्रतिवद्धता व्यक्त गर्नु भई काम सुरु गर्नु भएको छ ।

विगतमा तलिम लिएकाहरूलाई थप सीप बृद्धि तालिम सहित उद्योथ स्थापनार्थ घुम्तिकोष सहयोग गरिएको हो ।

दुराडाँडा(लमजुङ)– लमजुङको ऐतिहासिक थलो दुराडाँडामा पांँच महिलाहरूलाई पुनः प्रयोग गर्न सकिने प्याड उद्योग स्थापनार्थ पाँच दिने तालिम सहित घुम्तीकोष सहयोग गरिएको छ । दुराडाँडाको तुर्लुङकोटमा पुस ६ गतेदेखि १० गतेसम्म सञ्चालित सो कार्यक्रमका सहभागीलाई पुस १७ गते घुम्तीकोष सहयोग गरिएको हो ।
‘फर्कौं न गाउँं गरौं न केही’ मूल मन्त्र लिएर स्थापित विकासमा महिलाले समभागी महिलालाई उद्योग स्थापनाका साथ आर्थिक सहयोगमा विकासमा सहयोग गर्ने उद्देश्यले उक्त सहयोग हस्तान्तरण गरिएको हो । विगतका दिनमा संस्थाबाटै गत बर्ष तालिम पाएकाहरू सहभागी उद्योगान्मुख महिलाहरूबाट उनीहरू छानिएको संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक बसुधा अधिकारी बरालले बताउनु भयो । उहाँका अनुसार महिलाले आयोजना गरेको पांँच दिवसीय पुनः प्रयोगजन्य सेनेटरी प्याड उत्पादन, प्रबर्धन कला उद्दमशीलता कार्यक्रमका साथ घुम्तीकोषका रुपमा कच्चा पदार्थ तथा मेसिन प्रदान गरिएको हो ।
‘विकासमा महिला’का अध्यक्ष सबला अधिकारी आत्रेयले  ‘टेवा संस्था’ले यो कार्यमा सहयोग गरेको जानकारी दिनुभयो । संस्थालाई यो अवसर मिलेकोमा धन्यवाद दिदै महिलाहरूको क्षेत्रमा विभिन्न किसिमका महिला लक्षित कार्यक्रममा अनुदान सहयोग गर्दै आएको  धन्यबाद दिनु भएको थियो  ।  उहाँका अनुसार महिलाहरूको प्रजनन स्वास्थ्य, वातावरण संरक्षण, वचत, आत्म निरभर तथा व्यवसाय सञ्चालनमा निकै उपयोगी तथा प्रभावकारी रहेकोले यो थप कार्यक्रम गरिएको हो ।
उहाँले भन्नुभो, ‘उद्यमी बन्न चाहने महिलाहरूका लागि संस्थावाट आवश्यक उत्पादन सामग्री, लक मेसिन आदि घुम्ती कोषका रुपमा उपवब्ध गराइएकोछ । बजीरिकरणमा संस्थाले सहजीकरण गर्ने छ ।’
कार्यक्रममा महिला प्रजनन स्वास्थ्यको बिषयमा संस्थाका सचिव रमा अधिकारीले स्थानीय महिला तथा किशोरीहरूलाइ शिक्षा उहाँहरूलाई आइपरेका समस्या आदिका बारेमा छलफल र सचेतना कार्यक्रम समेत सोही समावेस गरिएको थियो ।
सो अवसरमा सुन्दरबजार नगरपालिका– ३ का सचिव शिव श्रेष्ठले यस्ता किसिमका महिला लक्षित कार्यक्रमका आयोजकलाई धन्यवाद दिनु हुंदै बजारिकरणमा सहयोग गर्ने बताउनु भयो ।
संस्थाका उपाध्यक्ष लीला सोती बाग्लेले उत्पादित सामानको मूल्य कसरी राख्ने, प्याकेजिंग, बजारीकरण आदिका बारेमा उद्यमी महिलालाई सिकाउनु भएको थियो ।
यस्तो कार्यलाई निरन्तरता दिनुका साथै यस्ता उद्यमी बनेर आर्थिक रूपमा आत्मनिर्भर बन्न चाहनेहरूलाई ‘विकासमा महिला’ तथा ‘टेवा’ संस्थाप्रति संस्थाका जिल्ला संयोजक कमला दुराले आभार व्यक्त गर्नु भयो । उहाँले अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नका लागि स्थानीय निकायले बिशेष जोड दिनु पर्ने बताउनु भयो । उहाँका अनुसार उद्योग सञ्चालनका लागि राधा दुरा, रोजिना दुरा, सरिता दुरा, बुद्धिमाया मजाकोटी र सन्तोषी दुराले प्रतिवद्धता व्यक्त गर्नु भई काम सुरु गर्नु भएको छ । कमला दुराले भन्नभयो, ‘उहाँका बीचमा एक समूह समेत बनाएर यस कार्यलाई अन्यत्र पनि हस्तान्तरण गर्दै जाने नीति संस्थाको रहेको छ ।’

फोटोमा दुराडाँडा (सुन्दरबजार नगरपालिका– ११)को तुर्लुंगकोटको कालिका मिलन आमा समूहको भवनमा सो उद्योग सञ्चालनरत ।

प्रकाशित मिति २०८० पुष १६, सोमबार १८:५९ गते
हजुरको प्रतिक्रिया