HDCS नमूना सामुदायिक अस्पतालद्वारा वार्षिक गतिविधि सार्वजनिक

HDCS नमूना सामुदायिक अस्पतालद्वारा वार्षिक गतिविधि सार्वजनिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस १७ गते मङ्गलबार ०८:०७

झण्डै छ पेज लामो प्रतिवेदनमा विभिन्न खण्डमा प्रतिवेदन प्रस्तुत गर्दै अस्पताल प्रमुख हेमन्त श्रेष्ठले अस्पताल आफूहरूले जिम्मा लिनु अघिको अवस्था र पछि सुधारभएको स्थिति बृत्तचित्रमा समेत प्रस्तुत गर्नु भएको थियो ।

निकट भविष्यमै २५ शैयाको सेवा सञ्चालन गर्ने तयारी

सुन्दरबजार(लमजुङ)– HDCS  नमूना सामुदायिक अस्पतालद्वारा वार्षिक गतिविधि सार्वजनिक गरेको छ । अस्पतालको र्बैठक कक्षमा पत्रकार सम्मेलनको आयोजना गरी पुस १६ गते सो कार्य गरिएको हो ।
अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले पत्रकारहरूलाई स्वागत गर्दै गतिविधिको जानकारी दिनु भएको थियो । उहाँका अनुसार हाल १५ शैयाको मात्र स्विकृत भएका कारण २५ शैयाको सेवा सञ्चालन गर्न माग गरिएको जानकारी दिनु हुँदै उहाँले गत वर्षको जनवरी १ अर्थात पुस १७ गतेका दिन एचडिसिएसले औपचारिकरुपमा व्यवस्थापनको जिम्मा ३० वर्षका लागि लिएको स्मरण गर्नुभयो ।
उहाँले छ पेज लामो प्रतिवेदनमा विभिन्न खण्डमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसअघि उहाँले अस्पताल आफूहरूले जिम्मा लिनु अघिको अवस्था र पछि सुधारभएको स्थिति बृत्तचित्रमा समेत प्रस्तुत गर्नु भएको थियो ।
एक वर्षको अवधिमा अस्पतालको सेवा विस्तार तथा सञ्चालन क्रममा भएको खर्चमा भौतिक संचरना निर्माण, मर्मत सम्भारमा ९९ लाख ८३ हजार १७८ रुपैया, मेडिकल उपकरण तथा फर्निचर खरिदमा एक करोड २१ लाख २८ हजार ७७६ रुपैयाँ खर्चिको अस्पताल प्रमुख श्रेष्ठले आफ्नो प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।
उहाँका अनुसार निःशुल्क कार्यक्रममा १९ लाख ९७ हजार ८७३ रुपैयाँ, अस्पतालको नियमित खर्च (तलब, औषधि, मेडिकल सामग्री, आदिमा तीन करोड छ लाख ३१ हजार ४५४ रुपैयाँ खर्चिएको र सोही अवधिमा अस्पतालको कुल आन्तरिक आम्दानी दुई करोड ७७ लाख छ हजार ९९२ रुपैयाँ भएको उल्लेख गर्नु भएको । उहाँले भन्नुभयो, ‘मानवीय सेवालाई पैसासँग तुनला गर्न मिल्दैन र गर्नु हुन्न भन्ने अभियानमा छौं ।’
अस्पतालमा उपचारतर्फको जानकारी दिनु हुँदै श्रेष्ठले निःशुल्क उपचार पाउने बिरामी २१९ जना मध्ये ११४ जना महिल, निःशुल्क समुदाय स्वास्थ्य शिविर पाँचवटा, त्यसमा सेवा पाउने संख्या दुई हजार ८१० जना आदि रहेको बताउनु भयो । त्यस्तै, बहिरङ्ग सेवा १४ हजार ३६८, अन्तरङ्ग सेवा एक हजार १२६जना छन् । जसमा प्रसुती सेवा  लिनेमा सामान्य १६ र जटिल एक रहेको जानकारी दिनुभयो ।
त्यसैगरी, अस्पतालमा एउटा विष सेवनको जटिल, आइसियुमै राखेर उपचार गर्नु पर्ने सुविधासम्म अस्पतालामा लगेको भए ८– १० लाखसम्म खर्च लाग्न सक्ने अवस्थामा यहाँ १६ दिनमा उपचार पूर्ण भएर फर्केको स्थिति छ भन्नुभयो ।
उहाँले आउँदो छ महिनाभित्र गर्ने योजनाहरूमा अस्पताललाई आत्मनिर्भर बनाउने, प्रदेश सरकारबाट २५ शैयाको स्वीकृत लिने, स्वास्थ्य बिमा बोर्ड बाट स्वास्थ्य बीमाको स्वीकृत लिने, निःशुल्क Ceserean Section CS सेवाको लागि अनुमति लिने समुदाय स्वास्थ्य कार्यक्रम, निःशुल्क स्वास्थ्य शिबिर, विद्यालय संचालन गर्ने, आँखा उपचार सेवा संचालन गर्ने, फिजियोथेरापी, हार्डजोर्नी, बालरोग विशेषज्ञ सेवा संचालन गर्ने, विरामी दर्ताको लागि टोकन प्रणाली सुरु गर्ने आदि रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा पत्रकारहरूले राखेका जिज्ञासाबारेमा श्रेष्ठ आफै तथा डा. रोशन यादव एमडीजिएले जवाफ दिनु भएको थियो ।

प्रकाशित मिति २०८० पुष १७, मंगलवार ०८:०७ गते
हजुरको प्रतिक्रिया