नेपाली सेनाद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ६८४ जना लाभान्वित

नेपाली सेनाद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ६८४ जना लाभान्वित

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण २२ गते मङ्गलबार ०१:२०

लमजुङको दुर्गम थलोका रुपमा परिचित उक्त क्षेत्रमा राज्यको ध्यान कमै मात्रामा पुग्ने गरिआएको छ । सो क्षेत्रमा बसोवास गर्ने स्वास्थ्य सेवाबाट बञ्चित विपन्न वर्गको सुविधालाई ध्यान दिदै नेपाली सेनाको उदीपुर स्थित चण्डीप्रसाद गणले जिल्लाका विभिन्न स्वास्थ्य संघ संस्थाहरूको सहयोगमा उक्त शिविर सञ्चालन गरेको हो ।

महिला– ४२६ र पुरुष– २५८ जना गरी जम्मा ६८४ जनाले उपचार सेवा लिए ।

बिचौर(लमजुङ)– नेपाली सेनाद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ६८४ जना लाभान्वित भएका छन् । दुधपोखरी गाउँपालिका– २ बिचौर स्थित बागीश्वरी माविको हातामा फागुन १९ गते एक दिने ‘निःशुल्क स्वास्थ्य शिविर Medical Camp)’ सञ्चालन गरिएको हो ।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुति सेवा, आंँखा, नाक, कान, घाँटी, दन्त रोग, पेट, छाती, मधुमेह, भिडियो एक्स–रे, फिजियो थेरापी, मुटु रोग विशेषज्ञद्वारा चेकजाँच गरी औषधी वितरण गर्नुको साथै मनोपरामर्श सेवा समेत उपलब्ध गराई महिला– ४२६ र पुरुष– २५८ जना गरी जम्मा ६८४ जनाले उपचारबाट लाभान्वित भएका थिए । लमजुङको दुर्गम थलोका रुपमा परिचित उक्त क्षेत्रमा राज्यको ध्यान कमै मात्रामा पुग्ने गरिआएको छ । सो क्षेत्रमा बसोवास गर्ने स्वास्थ्य सेवाबाट बञ्चित विपन्न वर्गको सुविधालाई ध्यान दिदै नेपाली सेनाको उदीपुर स्थित चण्डीप्रसाद गणले जिल्लाका विभिन्न स्वास्थ्य संघ संस्थाहरूको सहयोगमा उक्त शिविर सञ्चालन गरेको हो ।
श्री नं. ३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी गौरवकुमार के.सी.को प्रमुख आतिथ्यता तथा दुधपोखरी गाउपालिकाका अध्यक्ष धनप्रसाद गुरुङ विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सैनिक अस्पताल पोखराका विशेषज्ञ डा. अधिकृत त्रय प्रमुख सेनानी डा. इन्दिरा आचार्य, डा. निरञ्जन पुढासैनी, डा. सुनिल खड्का लगायत २२ जनाको टिम र सिभिलतर्फ सुन्दरबजार स्थित एचसिडिएच नमूना सामुदायिक अस्पताल र तालबाराही डेण्टलबाट गरी १९ जनाको प्राविधिक टोलीले सेवा उपलब्ध गराएको थियो । शिविरमा आफ्नो अस्पतालबाट भिडियो एक्सरे, ल्याब तथा मनोपरामर्श तथा ओपिडी सेवा दिइएको एचसिडिएच नमूना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । शिविरमा त्रिरोग र जनरल ओपिडीतर्फ एक÷एक सय जना, मनोपरामर्श ३४ जना, छाला तथा यौन रोग ४५ जना, फिजियोथेरापी सेवा ४१ जनाले लिएका थिए ।
सो शिविरमा ८२ जना महिला तथा ३५ जना पुरुषले दाँतको सेवा लिएका थिए भने ९८ जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा लाभ लिएका मध्ये २० जनालाई थप उपचारका लागि रिफर गरिएको सहयोगी तालबाराही टेण्डटलका प्रवन्ध निर्देशक ज्ञानु केसीले बताउनु भयो ।
उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा सहयोग तथा सहकार्य गर्नुहुने विभिन्न संघ संस्था र प्रतिनिधिहरुलाई सम्मान स्वरुप चण्डीप्रसाद गणका गणपति प्रमुख सेनानी चित्रकुमार कार्कीले कदर–पत्र तथा प्रशंसा–पत्र प्रदान गर्नु भएको चण्डीप्रसाद गण उदीपुरका सेनानी धनलाल तामाङले बताउनु भएको छ । उहाँका अनुसार सो शिविर नेपाली सेनाको ३ नं बाहिनी खैरेनी तनहुँका बाहिनीको आयोजना, चण्डीप्रसाद गण उदीपुरको संयोजकत्वमा सञ्चालन गरिएको हो ।

प्रकाशित मिति २०८० फाल्गुन २२, मंगलवार १३:२० गते
हजुरको प्रतिक्रिया