लमजुङ– लमजुङमा प्रहरीले बाटोमा एक्लै हिडेकी १२ बर्षीया बालिकालाई जवर्जस्ती करणी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । राइनास नगरपालिका– ८ बस्ने ३२ बर्षीय अमृतबहादुर अधिकारीलाई प्रहरीले सो अभियागमा चैत्र १५ गते गरेको हो ।
सो घट्ना चैत १२ गते भएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ । प्रहरीका अनुसार ती व्यक्ति राइनास नगरपालिका– ८ बस्ने ३२ बर्षीय अमृतबहादुर अधिकारी हुन् । उनले १२ बर्षकी बालिका बाटोमा एक्लै हिडेको मौकापारी जवर्जस्ती करणी गर्न खोजेको अभियोगमा चैत १४ गते पक्राउ गरेको प्रहरी कार्यालय लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले बताउनु भयो । यहाँका अनुसार पक्राउमा परेका निज अमृतबहादुर अधिकारी उपर जवर्जस्ती करणी उद्योग सम्बन्धी कसूरमा सम्मानित लमजुङ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
प्रकाशित मिति २०८० चैत्र १६, शुक्रबार १६:५२ गते