सुन्दरबजार– लमजुङको सुन्दरबजार नगरपालिका राजस्व परामर्श समितिको बैठक सप्पन्न भएको छ । बैठकमा २०८० चैत्रसम्मको वास्तविक आन्तरिक आम्दानीको समिक्षा गर्दै आउँदो आवका लागि लक्ष्य निर्धाण गर्ने कार्य बैशाख ११ गते गरेको हो ।
बैठकमा २०८० चैत्रसम्मको वास्तविक आन्तरिक आम्दानी एक करोड ७ लाख ५० हजार ८९ रुपैया ७० पैसा उठेको तर असार मसान्तसम्मको लक्ष्य एक करोड ६५ लाख भएकोले लक्ष्य प्राप्तिका लागि कार्य योजना बनाउनु पर्ने, आगामी आ.ब. २०८१/८२ को लागि अनुमानित दुई करोड उठाउने सम्बन्धमा व्यापक छलफल भएको राजस्व शाखाका हरिप्रसाद कुमालले बताउनु भयो ।
राजस्व परामर्श समितिको सो बैठकको अध्यक्षता सुन्दरबजार नगरपालिकाका उप–मेयर एवम् राजस्व परामर्श समितिका संयोजक भवानी केसीले गर्नुभएको थियो । बिशिस्ट आमन्त्रित सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला हुनुहुन्थ्यो । मेयर कोइरालाले जनताको मन जित्न करको दर भन्दा करको दायरा बढाउनु पर्ने बताउनु भयो ।
उक्त अवसरमा सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडा नम्बर ७ का वडाध्यक्ष जयराम रेग्मी, कार्यपालिका सदस्य राधिका भट्टराई, लेखा अधिकृत कल्पना पौडेल रेग्मी, प्रसासन प्रमुख बिबेककुमार पण्डित, आलेप एबम राजस्व परामर्श समितिका सदस्य सचिव नवीन अधिकारी, सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, लउबा संघसुन्दर बजार इकाईका अध्यक्ष आनन्दराज श्रेष्ठ, संघकै भोटेओडारका अध्यक्ष प्रकाश डौलिया, राजस्वबिज्ञ द्वय रामबाबु श्रेष्ठ र देवीप्रसाद अधिकारी तथा राजस्व फाँटका कर्मचारी हरीप्रसाद कुमाल, किसान कुमाल लगायतको उपस्थितिमा सो बैठक सम्पन्न भएको सहायक पाचौ मनहरी सोतीले जानकारी दिनु भयो ।
राजस्व परामर्श समितिका संयोजक एबम सुन्दरबजार नगरपालिकाका उपमेयर भवानी केसीले बैठकमा भएका निर्णय कार्यन्वयन गर्न सबैलाई अनुरोध गर्दै वैठक सम्पन्न गर्नु भएको राजस्व वृद्धि अभियानमा लाग्नु पर्नेमा जोड दिनु भयो ।
प्रकाशित मिति २०८१ बैशाख १२, बुधबार २१:५० गते