बेसीशहर– लमजुङको सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ८ मा वडास्तरीय अन्तरधार्मिक बाल सञ्जाल गठन गरिएको छ । लोकबहादुर गुरुङ(बोन)को नेतृत्वमा १५ सदस्यीय उक्त सञ्जाल बैशाख १८ गते गठन भएको हो ।
सो सञ्जालको उपाध्यक्ष निर्मल राजवंशी, सचिव हिमलाल दनाई, कोषाध्यक्ष निर्मला नेपाल चयन हुनु भएको छ । यसैगरी सदस्यहरूमा मीनबहादुर गुरुङ, अब्दुल करिम मिया, राम तामाङ, बलबहादुर गुरुङ, बबिता मजाकोटी, सरोज दनाई, मीना गुरुङ, काशीनाथ पौडेल, प्रकाश खनिया चयन हुनुभएको छ । दुई जना सदस्य बाल सञ्जालबाट प्रतिनिधित्व हुने भएको जानकारीमा आएको छ ।
त्यसअघि अन्तर धार्मिक सञ्जाल(निरन)का जिल्ला अध्यक्ष रमाराज खनियाले कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्नु हुँदै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उहाँले सञ्जालको बनोट र बाल सञ्जाल गठनको उद्देश्य मूलतः संरक्षणको अधिकारबाट बालबालिकालाई बञ्चित हुन नदिनु र त्यसमा गर्भदेखिनै बालबालिकाको संरक्षण गर्नुका साथै समाजमा विद्यमान बालविवाह, श्रम शोषण, यौन शोषण जस्ता कार्यहरू रोक्नु हो भन्नु भयो । उहाँले वडा र नगरपालिका बालमैत्री घोषणा गर्ने कार्य चलिरहेको र त्यसमा आफ्ना गतिविधिबाट सहयोग पुर्याउने समेत रहेको उल्लेख गर्नु भयो ।
उक्त संस्थाका उपाध्यक्ष सन्तबहादुर गुरुङले अन्तर धार्मिक सञ्जाल जिल्ला समितिको बनोट र गतिविधिका बारेमा प्रकाश पार्नु हुँदै सबै मिलेर बाल संरक्षणका चार बुँदाको कार्यान्वयन गर्नु हो भन्नुभयो । उहाँले निरनको दोस्रो कार्यकालको तेस्रो बर्ष चलिरहेको जानकारी दिनुभएको थियो ।
यसैगरी, निरनका सचिव बलबहादुर रानाले बालबालिकाहरूलाई मूलतः तीन प्रकारका विभेदबाट मुक्त राख्नु आफूहरूको काम कर्तव्य भएको र आज गठन हुने सञ्जालको काम पनि त्यही हो भन्नुभयो । उहाँले अबको २० – ३० वर्षपछिको संसार अर्थात समाज के कस्तो होला ? आज नै परिकल्पना गरी काम गर्नु पर्ने स्थिति रहेको छ । त्यसतर्फ हामी सबैको ध्यान जाओस् उहाँले भन्नुभयो ।
आरसिडिसी संयोजन एवम् वल्र्डभिजनको सहयोगमा गरिएको सो कार्यक्रमको सञ्चालन आरसिडिसीका बेसीशहर– सुन्दरबजारका फिल्ड संयोजक सोभित थापाले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ बैशाख १८, मंगलवार १८:२० गते