रक्सीको नसामा ६२ बर्षीया बृद्धाको हत्या

रक्सीको नसामा ६२ बर्षीया बृद्धाको हत्या

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन ३१ गते बिहिबार ०८:०६

रक्सीले मातेको अवस्थामा ५० हजार रुपैयाँ सापटी मागेको रहेछ, बृद्धाले मसँग पैसा छैन के दिने, दिन सक्दिन भनेपछि आफूसँग भएको हतियार(खुर्पा) प्रहारी गरी घट्ना स्थलबाट भागेको प्रारम्भिक बयानमा सुग्गरेले बताएका छन् ।

फरार व्यक्ति पक्राउ गरी प्रहरीद्वारा सार्वजनिक, ७ दिनको म्याद थप

बेसीशहर– लमजुङमा ६२ बर्षीया एक गृहिणी बृद्धाको धारिलो हतियारद्वारा हत्या गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी साउन ३१ गते सार्वजनिक गरेको छ । सो घट्ना २९ गतेराती ८ देखि ९ बजेको बीचमा भएको प्रहरीको अनुमान छ ।
लमजुङको बेसीशहर नगरपालिका– ११ चितिको बजारखुट्टा गाउँ बस्ने ४७ वर्षीय सुग्गरे सार्कीले ती बृद्धाको हत्या गरेको खुलेको प्रहरी भनाई छ । सोही वडाको हटिया बगैंचा गाउँ बस्ने ६२ वर्षीया गृहिणी सानुनानी घर्तीको धारिलो हतियार प्रहार गरी सार्कीले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मीनबहादुर घलेले बताउनु भयो । उहाँका अनुसार सोही वडाको बजारखुट्टा गाउँ बस्ने ४७ वर्षीय सुग्गरे सार्कीले बृद्धाको हत्या गरेको खुलेको हो । उहाँले भन्नुभयो, ‘रक्सीले मातेको अवस्थामा ५० हजार रुपैयाँ सापटी मागेको रहेछ, बृद्धाले मसँग पैसा छैन के दिने, दिन सक्दिन भनेपछि आफूसँग भएको हतियार(खुर्पा) प्रहारी गरी घट्ना स्थलबाट भागेको प्रारम्भिक बयानमा सुग्गरेले बताएका छन् ।’ ऊ लुटपाट गर्ने नियतले बृद्धाकोमा गएको घट्नाको प्रकृतिले देखिदैन घले बताउनु हुन्छ ।
ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने सुग्गरेको घरमा श्रीमती र तीन छोरा छन् । रक्सी सेवन गर्ने लत बसेका उनले श्रीमतीसँग पनि पैसा मागेर हैरान गर्ने गरेका रहेछन् । उनका बाबुआमा छुट्टै अर्को घरमा बस्ने गरेको र घट्नाको दिन राति कतिबेला घरमा आएर सुते थाहा नभएको श्रीमतीले जानकारी दिएको, भोलिपल्ट विहान पनि श्रीमतीले सिरानीमा राखेको ११ हजार रुपैयाँमध्ये दुई हजार चोरेर उनी घरबाट फरार भएको प्रहरी भनाइ छ । फरार रहेकै अवस्थामा सुग्गरेलाई प्रहरले पक्राउ गर्न सफल भएको प्रनाउ घलेले जानकारी दिनु भयो । मृतक मरेको छैन, घाइतेमात्र हो भन्ने भएर पनि ऊ केही ढुक्क भएको जस्तो भान हुन्थ्यो घलेले भन्नुभयो ।
मृतक सानुनानीका एक एकजना मात्र छोरा÷छोरी रहेछन् । छोरा वैदेशिक रोजागरीमा विदेश रहेछन् भने बुहारी र एक छोरी काठमाडौंमा बस्दा रहेछन् । मृतक बृद्धाले ३० गते बिहान सबेरै काठमाडौं जानका लागि उनले छिमेकीको गाडीलाई डुम्रे– बेसीशहर सडकको उदीपुरसम्म पु¥याइदिन भनेकी रहिछन् । विहान फोन गर्दा बृद्धाको फोन उठेनछ । तै पनि सामान मिलाउँदै होलिन्, घरमै जान्छु भन्दै गाडी लिएर गाडीवाला बृद्धाको घरमा पुगेर हर्न बजाउँदासमेत साइसवत पाएन छन् । त्यसपछि घरमा जानका लागि तरागो खोल्नासाथ बृद्धालाई आँगनमा लडिरहेको देखेछन् र उनले प्रहरीलाई खबर गरेपछि घट्ना बाहिरिएको प्रहरी नायव निरीक्षक घलेले बताउनु भयो । उहाँका अनुसार अभियुक्तले बृद्धालाई प्रहार गरेको खुर्पा आफ्नै घरमा लगेर राखेका रहेछन् । उहाँले भन्नुभयो, ‘सुग्गरेले घट्ना हुँदा प्रयोग गरेको खुर्पा, मोवाइल र लगाएका कपडा प्रहरीले बरामद गरेको छ ।’
घट्ना थाहा भएको करिब ७ घण्टाको बीचमा अभियुक्तलाई प्रहरीले पक्राउ गर्न प्रहरी सफल भएको प्रनाउ घलेले दावी गर्नु भयो । उहाँका अनुसार बृद्धाले आफ्नो घरको आँगनको भाँडा माझ्ने जुठेल्नामा भाँडा माझिरहेको बेलामा प्रतिवादीले आफ्नो साथमा रहेको खुर्पाले मृतकको टाउको र गालामा प्रहार गरी उक्त स्थानबाट फरार भएको रहेछ, हामी जाँदा भाडामाज्दै गरेको लुडो(मस्कौटो) मृतकको हातमै थियो ।
सुग्गरेलाई सन्दरबजार नगरपालिका– ६ को खत्रीठाँटी बजारमा फेला पारी पक्राउ गरेको प्रनाउ घलेले जानकारी दिनुभयो । उहाँका अनुसार घट्नाको जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट आफ्नै कमाण्डमा क्इऋइ सहितको १९ जनाको टोली खटि गई प्रारम्भिक अनुसन्धान गरिएको हो ।
उहाँले भन्नुभयो, ‘थप अनुसन्धानको लागि नेपाल प्रहरी प्रदेश कार्यालय पोखराबाट प्रहरी निरीक्षकको कमाण्डमा केनाईन (तालिम प्राप्त कुकुर) सहितको टोली माग गरी अनुसन्धान गरिएको, बिशेष सूचनाको आधारमा वारदात पश्चात फरार रहेका प्रतिवादी सुग्गरे सार्कीलाई बिशेष अपरेशन सञ्चालन गरी सुन्दरबजार नगरपालिका– ६ को खत्रीठाँटी बजारबाट ३० गते पक्राउ गर्न प्रहरी सफल भएको हो ।’
उहाँले थप जानकारी दिदै भन्नुभयो, ‘सार्कीका विरुद्धमा सम्मानित जिल्ला अदालत लमजुङबाट ज्यान सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति २०८१ श्रावण ३१, बिहीबार २०:०६ गते
हजुरको प्रतिक्रिया