रिलायल नेपाल लाइफ इन्स्योरेन्सको दुई दिने जीवन परिवर्तन कार्यक्रम सम्पन्न

रिलायल नेपाल लाइफ इन्स्योरेन्सको दुई दिने जीवन परिवर्तन कार्यक्रम सम्पन्न

विष्णुृकुमार श्रेष्ठ

@antaranganews

२०८१ भदौ २९ गते शनिवार ०९:२३

रिलायबल नेपाल गण्डकी प्रदेशका प्रमुख सरोज अधिकारीको अध्यक्षता भएको कार्यक्रममा गण्डकी प्रदेशका ४२ जना सिनियर अभिकर्ताहरूले भाग लिएका थिए ।

सो कार्यक्रम सराङ्कोट पोखराको हिमालयन फ्रन्ट रिसोर्ट होटेलमा सञ्चालन गरिएको हो ।

पोखरा– रिलायल नेपाल लाइफ इन्स्योरेन्सको दुई दिने जीवन परिवर्तन कार्यक्रम सम्पन्न भएको छ । नेपालको प्रतिष्ठित जीवन बिमा कम्पनी रिलायल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशको आयोजनामा सो कार्यक्रम सराङ्कोट पोखराको हिमालयन फ्रन्ट रिसोर्ट होटेलमा भदौ २९ गते सम्पन्न भएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि रिलायबल नेपाल मुख्य कार्यलयका नेशनल हेड चिफ शैलेन्द्र श्रेष्ठले उदघाटन गर्नु भएको कार्यक्रमको सम्बोधन क्रममा उहाँले लक्ष्य प्राप्तिका लागि भिजन बोर्ड निर्माण गरि अघि बढेमा सफलता प्राप्त गर्ने र यसको लागि हेड अफिस सदैब सकारात्मक रहेको बताउनु भयो ।
यसैगरी, कार्यक्रमका सभापति सरोज अधिकारीले २ दिनसम्म सिकेका कुराहरूलाई भोलिका दिनबाट निरन्तरता पाउने नतिजा मुखी हुनेमा आफू बिस्वस्त भएको बतानउनु भयो ।
सो दुई दिने जीवन परिवर्तन सम्बन्धि कार्यक्रम अत्यन्तै प्रभाबकारी र ब्यबहारिक भएकोले यसले आफ्नो आगमी दिनमा सकारात्मक उर्जा दिने लमजुङ शाखाका बरिष्ठ एजेन्सी मेनेजर शिव थापाले बताउनु भयो । सो कार्यक्रमको सहजीकरण नेशनल मोटिभेटर एबम कर्पोरेट ट्रेनर राजाबाबू शाहले गर्नु भएको थियो । समापन कार्यक्रमको सञ्चालन रिलायबल नेपाल पोखराका शाखा प्रबन्धक सुर्य सुमन थापाले गर्नु भएको थियो ।
रिलायबल नेपाल गण्डकी प्रदेशका प्रमुख सरोज अधिकारीको अध्यक्षता भएको कार्यक्रममा गण्डकी प्रदेशका ४२ जना सिनियर अभिकर्ताहरूले भाग लिएका थिए ।

प्रकाशित मिति २०८१ भाद्र २९, शनिबार २१:२३ गते
हजुरको प्रतिक्रिया