राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविविरुद्धको मुद्दामा फेरि थपियो सात दिन म्याद

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविविरुद्धको मुद्दामा फेरि थपियो सात दिन म्याद

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक ८ गते बिहिबार ०६:४९

रवि लामिछानेलाई राजनीतिक प्रतिशोध नै साँधिएको हो भन्ने हाम्रो दाबी हिजो साँझबाट हाम्रो दाबीको थप पुष्ट्याइँ हुन गएको छ ।’ एउटै मात्र आधार, उहाँलाई कार्तिक २ गते साँझ पक्राउ गरियो । हिजो साँझ १० बजेसम्मको हिसाब गर्दा १२५ घन्टा उहाँलाई हिरासतमा राखिएको हुन्छ । तर यो अवधिमा ४–५ घन्टामात्रै बयान लिइएको छ ‘के उहाँलाई यहाँ दालभात खुवाउन ल्याएको हो ! तयारी थिएन पहिला ? के सोध्ने भन्ने थाहा छैन ?’

देश अब दुई कित्तामा विभाजित हुने स्थिति बलियो बन्दै

पोखरा– राजनीतिक प्रतिशोध साध्नका लागि राज्यले शक्तिको दुरुपयोग गर्दै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको कार्तिक ८ गते दोस्रो पटक सात दिनको म्याद थप गरिएको छ । यो सँगै देश अब दुई कित्तामा विभाजित हुने स्थिति बलियो बन्दै गएको स्थिति छ ।
रास्वपाका सभापति रविलाई कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताउनु भयो । उहाँका अनुसार पूर्वडिआईजी छविलाल जोशीलाई पनि थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
योसँगै रास्वपाका सभापति रवि लामिछाने तिहार प्रहरी हिरासतमै वित्ने भएको छ । उहाँलाई प्रहरीले कार्तिक १४ गतेसम्म हिरासतमा राख्ने छ । सोही दिनदेखि अदालत बन्द हुने हुँदा रविको तिहार प्रहरी कष्टडीमा वित्ने भएको हो ।
स्मरणीय छ, तिहार बिदापछि कार्तिक २० गतेमात्र जिल्ल अदालत खुल्ने छ । त्यस दिने फेरि म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ ।
रास्वपाले भन्यो अबको आन्दोलन काठमाडौं केन्द्रित :
यसैबीच, रास्वपाले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा रास्वपाले आज त्यस्तो जानकारी दिएको हो । नेताहरूले प्रदर्शन रचनात्मक, सिर्जनात्मक तवरले भइरहेको दाबी पनि गरेका छन् ।
पार्टी उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेसहित पोखरामा केन्द्रीत रहेको आन्दोलन अब काठमाडौंकेन्द्रित हुने बताएको हो । आन्दोलनलाई निलो क्रान्ति तथा राष्ट्रियता र स्वाभिमानका लागि अभियान भन्दै सञ्चालित सो कार्यmममा पार्टीका सबै शीर्ष नेता तथा सांसदहरू पोखरामै केन्द्रित छन् । जिल्ला–जिल्लाबाट पनि नेता, कार्यकर्ता पोखरा उतारेर प्रदर्शनका साथ सभा गर्ने गरिएको थियो ।
पत्रकार सम्मेलन गरेर न्यायिक प्रक्रियामा झक्झक्याउनका लागि पोखराको आन्दोलन सफल भएको दाबी गरेका छन् । नेताहरूले पोखराको आन्दोलन सम्भवत आज अन्तिम हुने र अब काठमाडौंकेन्द्रित हुने बताएका छन् ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पनि अब काठमाडौंकेन्द्रित आन्दोलन गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अब काठमाडौंकेन्द्रित आन्दोलन हुन्छ । तर पोखरामा सभापति रहुन्जेल केही न केही कार्यक्रम त भइराख्छ ।’
यसैसन्दर्भमा रास्वापका उपसभापति स्वर्णिम वाग्लेले आक्रोशपूर्ण मुद्रामा भन्नुभयो, बयान लम्ब्याइएको छ, रवि लामिछानेलाई दालभात खुवाउन ल्याइएको हो ? भन्नुभएको छ । वाग्लेले कास्की हिरासतमा रहेका रवि लामिछानेको बयान लम्ब्याएर दुःख दिन खोजिएको दावी गर्नुभयो ।
यहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘सरकारले १२५ घन्टा हिरासतमा राख्दा जम्मा ४–५ घन्टा मात्र बयान लिने काम गरेको छ, यसले सरकारको नियत नै सभापति लामिछानेप्रति प्रतिशोध साध्ने देखिएको उल्लेख गर्नु भयो ।
उहाँले भन्नुभयो, ‘रवि लामिछानेलाई राजनीतिक प्रतिशोध नै साँधिएको थियो भन्ने हाम्रो दाबी थियो, जनताका बीचमा त्यो कुरा स्थापित गराउनु थियो, हिजो साँझबाट हाम्रो दाबीको थप पुष्ट्याइँ हुन गएको छ ।’ एउटै मात्र आधार, उहाँलाई साँझ पक्राउ गरियो । लामो सडक यात्रा गराएर राति एक बजे ल्याइयो । हिजो साँझ १० बजेसम्मको हिसाब गर्दा १२५ घन्टा उहाँलाई हिरासतमा राखिएको रहेछ । यो अवधिमा ४–५ घन्टामात्रै बयान लिइएको छ वाग्लेले उल्लेख गर्नु भयो । उहाँले थप भन्नुभयो, ‘के उहाँलाई यहाँ दालभात खुवाउन ल्याएको हो ! तयारी थिएन पहिला ? के सोध्ने भन्ने थाहा छैन ?’
पार्टीको संस्थापक सभापति एवम् पूर्वउपप्रधान र गृहमन्त्री समेत रहनु भएका रविको मानमर्दन र अपमानित गर्ने शैलीमा सरकार प्रस्तुत भएको पनि उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, ‘तेरो सेखी झार्दिन्छु, देखाइदिन्छु, भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ । यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भनिन्छ ।’ राजनीतिक प्रतिशोध नै साँधेको हो भन्ने रास्वपाको दाबीलाई हिजो पछिल्लो वस्तुस्थितिले पुष्टि गरेको छ ।’

प्रकाशित मिति २०८१ कार्तिक ८, बिहीबार १८:४९ गते
हजुरको प्रतिक्रिया