डा. कपिल उपाध्यायद्वारा नइलाई तेइस लाख रूपैयाँअक्षयकोषका लागि प्रदान

डा. कपिल उपाध्यायद्वारा नइलाई तेइस लाख रूपैयाँअक्षयकोषका लागि प्रदान

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक १५ गते बिहिबार ०६:२३

नइ प्रकाशनले डा. कपिलदेव उपाध्यायको आर्थिक संयोजनमा बाजुरा र हुम्ला जिल्लाका एकएक जना जेहेनदार छात्रालाई हरेक वर्ष जनही तीस हजार रुपैयाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ प्रदान गर्दै आएको छ ।

नइ प्रकाशनको अक्षयकोषमा हाल दुई करोड असी लाख रूपैयाँ मौज्दात रहेको छ । उक्त समुच्च अक्षयकोषको व्याजबाट नइद्वारा जम्मा तीस वटा पुरस्कार प्रदान गर्ने गरिएको छ ।

काठमाडौं– नेपाली भाषा, साहित्यसेवी वरिष्ठ साहित्यकार डा. कपिलदेव उपाध्यायद्वारा नइ प्रकाशनलाई तेइस लाख रुपैयाँ प्रदान गर्नु भएको छ । उहाँले ‘नइ कपिल शोध पुरस्कार’का लागि सो रकम प्रदान गर्नु भएको हो ।
नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा. कपिलदेव उपाध्यायबाट जम्मा तेइस लाख रुपैयाँ प्रदान भएको नइ प्रकाशन सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार डा. उपाध्यायले सो रकमको चेक नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईलाई हस्तान्तरण गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘नइ प्रकाशनको रजत महोत्सवका अवसरमा डा. कपिलदेव उपाध्यायको संयोजनमा स्थापना गरिएको पचास हजार रुपैयाँ राशिको ‘नइ कपिल शोध पुरस्कार’ स्थापनार्थ प्रदान गर्नु भएको हो । सो पुरस्कार राष्ट्रकवि डा.माधव घिमिरे, वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी, नेपाली साहित्यका विश्वनारी रत्न डा. वानीरा गिरी र नइ प्रकाशनमध्ये कुनै एकको योगदानका विषयमा नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने या नइ प्रकाशनबारे ग्रन्थ लेख्ने विशिष्ट शोधार्थीलाई समर्पण गरिने नइ प्रकाशन सदस्यसचिव प्रसाईले जानकारी दिनु भएको छ ।
यसैबीच, यसै सन्दर्भमा नइ प्रकाशनले डा.कपिलदेव उपाध्यायको आर्थिक संयोजनमा बाजुरा र हुम्ला जिल्लाका एकएक जना जेहेनदार छात्रालाई हरेक वर्ष जनही तीस हजार रुपैयाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ प्रदान गर्दै आएको समेत नइ प्रकाशन सदस्यसचिव प्रसाईले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नइ प्रकाशनको अक्षयकोषमा हाल दुई करोड असी लाख रूपैयाँ मौज्दात रहेको छ ।’ उक्त समुच्च अक्षयकोषको व्याजबाट नइद्वारा जम्मा तीस वटा पुरस्कार प्रदान गरिने परिपाटि रहेको नइ प्रकाशन सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८१ कार्तिक १५, बिहीबार ०६:२३ गते
हजुरको प्रतिक्रिया