पाँच दिवसीय दोस्रो मर्स्याङ्दी महोत्सव २०८१ तयारी युद्धस्तरमा

पाँच दिवसीय दोस्रो मर्स्याङ्दी महोत्सव २०८१ तयारी युद्धस्तरमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक १६ गते शुक्रबार ०५:२२

‘विगतका महोत्सव एउटै मञ्चबाट सबै दिन सञ्चालन हुन्थ्यो तर यो महोत्सवमा मञ्चसमेत सर्ने छन् । पहिलो र दोस्रो दिन कार्यक्रम हुने स्थानमा अन्य दिनमा हुने छैन । अन्य दिनका कार्यक्रम हुने स्थानमा पहिलो र दोस्रो दिनका कार्यक्रम हुनेछैनन् ।’

महोत्सव कार्तिक २७, २८, २९, ३० र मङ्सिर १ गतेसम्म सञ्चालन हुने

खुदी(लमजुङ)– मर्स्याङ्दी गाउँपालिकाद्वारा गरिने दोस्रो मर्स्याङ्दी महोत्सवको तयारी युद्धस्तरमा जारी रहेको छ । कार्तिक २७ गतेबाट शुरु हुने पाँच दिने सो महोत्सवको समापन मंसिर १ गते गर्ने गरी थालिएको गाउँपालिकाद्वारा आयोजना गरिएको पत्रकार भेटघाटका अवसरमा कार्तिक १५ गते बताइएको हो ।
मर्स्याङ्दी गाउँपालिकाको गत असोज २ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार सो महोत्सव सञ्चालन गर्न लागिएको हो । उक्त महोत्सवको उद्धेश्य मर्स्याङ्दी गाउँपालिकाको पर्यटन प्रवद्र्धन, कला संस्कृतिको जगेर्ना÷संरक्षण÷पुस्तान्तरण, कृषि÷पशु तथा स्थानीय उत्पादन वृद्धि र बजारीकरण, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै आय आर्जन वृद्धि गर्ने रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यही कार्तिक २७ गते देखि मङ्सिर १ गते सम्म ५ दिने दोस्रो मर्स्याङ्दी महोत्सव आयोजना गर्न लागि रहेको र महोत्सवको सम्पूर्ण तयारीहरू अगाडि बढिरहेका सो गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार समग्र गाउँपालिकाको पर्यटकीय स्थलहरूको प्रवद्र्धन÷प्रचारप्रसार गर्नका निम्ति मर्स्याङ्दी महोत्सव आयोजना गरिएको हो ।
अध्यक्ष गुरुङले भन्नुभयो, ‘महोत्सवबाट मर्स्याङ्दी गाउँपालिकाको पर्यटन प्रवद्र्धन र अर्थतन्त्रमा सहयोग पुग्ने आयोजकको विश्वास रहेकोछ । दोस्रो महोत्सवसम्म आईपुग्दा मर्स्याङ्दी गाउँपालिकाको पर्यटन विकास, उत्पादन र बजारीकरणले तुलनात्मक रुपमा विगतको वर्षहरू भन्दा केही उपलब्धिहरू हासिल गर्न सफल भएकोछ ।’ यो दोस्रो महोत्सवमा पालिकाको जे जति पर्यटकीय गन्तव्यहरू र कार्यक्रमहरू समावेश गर्न खोजिएकोछ पक्कै पनि अपार पर्यटकीय सम्भावना भएको र कला संस्कृतिको धनी यस गाउँपालिकाको सम्भावनाहरू सबैलाई यसले समेट्न सक्दैन । तसर्थ नियमित हुने यस मर्स्याङ्दी महोत्सवले आउने कार्यक्रमहरूमा क्रमशः पालिका भरका सबै गन्तव्यहरूलाई समेट्र्दै मर्स्याङ्दी गाउँपालिकालाई एक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न सफल हुनेछ भन्ने विश्वास जागृत भएको बताउन चाहन्छु अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।
दोस्रो मर्स्याङ्दी महोत्सवको मुख्य आयोजक मर्स्याङ्दी गाउँपालिका रहेको यस समितिमा सम्पूर्ण जनप्रतिनिधीहरू, लमजुङ उद्योग बाणिज्य संघ, खुदी ईकाईका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, विभिन्न कार्यक्रमका आयोजक समितिका सम्पूर्ण संयोजक तथा सदस्यहरू, पालिकास्तरीय सञ्जालहरूका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, मा.वि.÷आ.वि. का सम्पूर्ण प्र.अ.हरू, गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरू, पालिकामा रहेका तीन वटै प्रहरीचौकीका प्रमुखहरू सदस्य रहनु भएको छ । कार्यक्रम अवधिभर मर्स्याङ्दी गाउँपालिकामा रहेका होम स्टे गाउँहरूमा पर्यटक आकर्षण गर्न होमस्टेका प्याकेजहरू विक्री गरिने समेत कार्यक्रम रहेको बताइएको छ ।
महोत्सवको मूख्य कार्यक्रमहरू :
कार्तिक २७ र २८ गते : धार्मिक मेला (हरिवोधनी एकादशी मेला)वडानं– ३ को खुदी बजारमा जसमा फूलको डोरी तार्ने मर्स्याङ्दी गाउँपालिका– ३ र ९ को खुदी बेनी (दोभान) मा, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक कार्यक्रम, वडास्तरीय भलिबल प्रतियोगिता (मर्स्याङ्दी गाउँपालिकास्तरीय), ठेलो हान्ने प्रतियोगिता, दन्त शिविर, राष्ट्रिय विभुति भक्ति थापा जन्मस्थल पार्क, मस्र्याङ्दी– ३, ढगैँबेँसी अवलोकनका साथमा डा. हर्क गुरुङ समाधिस्थल पार्क, मर्स्याङ्दी– ७, ताङ्लीचोक अवलोकन आदि कार्यक्रम रहेको छ ।
सो अवसरमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति तथा खेलकुद प्रतियोगिताहरू र कृषि तथा स्थानीय उत्पादनहरूको विक्रि वितरणले यो दुई दिने कार्यक्रमलाई थप आकर्षक बनाउने छ ।
उक्त दुई दिने कार्यक्रमको सह–आयोजक : खुदी यूथ सोसाईटी, खुदी टोल विकास संस्था, मर्स्याङ्दी गाउँपालिका– ३ तथा मर्स्याङ्दी गाउँपालिका– ९ रहने छन् ।
कार्तिक २९ गते : जगत तातोपानी महोत्सव, मर्स्याङ्दी– ४, जगतमा हुनेछ । जहाँ जगत तातोपानी कुण्डमा स्नान, स्थानीय कला, संस्कृति प्रदर्शनी साथमा स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा विक्री वितरणका कार्य हुनेछन् र
मर्स्याङ्दी गाउँपालिका– ४, जगत स्थित तातोपानी कुण्ड मर्स्याङ्दी गाउँपालिका साथै लमजुङ जिल्लाको लागि बरदानको रुपमा लिन सकिन्छ । जगत बजार देखि करिव ५ मि.को पैदल यात्रा पछि पुग्न सकिने मर्स्याङ्दी नदीको किनारमा रहेको यो तातोपानी कुण्डमा स्नान गर्दा चर्म रोग तथा बाथको रोगहरू निको हुने गर्दछ भनिन्छ । अहिले यस स्थानमा स्नान गर्नेहरूको संख्या प्रतिदिन बढिरहेको छ ।
सो कार्यक्रमको सह–आयोजक : जगत टोल विकास संस्था तथा तातोपानी यूवा क्लव, जगत रहेको छन् ।
यसैगरी, कार्तिक ३० गते : भिर मह शिकार ९ज्यलभथ ज्गलतष्लन० महोत्सवको कार्यक्रम रहेको जानकारी दिइएको छ । मर्स्याङ्दी गाउँपालिका– २, ४, ५, ६ का विभिन्न भिरहरूमा भिर मह शिकार अवलोकन गर्ने भिर मह शिकार डकुमेन्ट्री निर्माण गरिने भएको छ ।
भिर माहुरीको शिकार मर्स्याङ्दी गाउँपालिकाको अर्को आकर्षण हो । अत्यन्तै साहसिक अनि दृश्यावलोकन गर्न फरक अनुभुति हुने यो कार्यक्रमले मर्स्याङ्दी गाउँपालिकामा पर्यटकहरूको आकर्षण बढाइरहेको छ । भिर माहुरीको शिकार गर्ने क्रममा दृश्यावलोकन गर्न र डकुमेन्ट्रीहरू निर्माण गर्न यो महोत्सवको एउटा ईभेन्टको रुपमा व्यवस्था गरिएको छ ।
उक्त कार्यक्रमको सह–आयोजक : मर्स्याङ्दी गाउँपालिका– २, ४, ५ र ६ वडा रहेका छन् ।
त्यस्तै, महोत्सवको अन्तिम दिन मङ्सिर १ गते  स्यागे झरना, अक्टोपस झरना, बुङ झरना महोत्सव मर्स्याङ्दी– ४ र ५ वडामा हुनेछ । सो अवसरमा झरनाहरू को अवलोकन, स्थानीय कला, संस्कृति प्रदर्शनीका साथमा स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा विक्री वितरण गरिने छ ।
मर्स्याङ्दी गाउँपालिका– ४ स्थित स्याङ्गे झरना, अक्टोपस झरना र मर्स्याङ्दी– ५ स्थित च्याम्चेबाट दृश्यावलोकन गर्न सकिने बुङ झरना मर्स्याङ्दी गाउँपालिकाको निम्ति अर्को प्राकृतिक बरदान हो । अत्यन्तै सुन्दर यी झरनाहरू सडकबाट नै देख्न सकिने र बाह्रै महिना पानी रहने भएकोले यसको थप आकर्षण रहेको छ । साथै यी झरनाहरू नजिक स्याङ्गे, घेर्मु, जगत, च्याम्चे जस्ता बजारहरू रहेकोले पर्यटकहरूले खाना बस्नको सुविधा प्राप्त गर्न सकिने भएकोले पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ ।
उक्त कार्यक्रमको सह–आयोजकमा स्याँगे टोल विकास संस्था, कन्यादेवी यूवाक्लव, मिप्रा, च्याम्चे टोल विकास संस्थाका साथै च्याम्चे यूवा क्लव रहेको समेत गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जनाकारी दिनुभयो । उहाँले महोत्सवको विशेषताका बारेमा प्रकाश पार्दै भन्नुभयो, ‘विगतका महोत्सव एउटै मञ्चबाट सबै दिन सञ्चालन हुन्थ्यो तर यो महोत्सवमा मञ्चसमेत सर्ने छन् । पहिलो र दोस्रो दिन कार्यक्रम हुने स्थानमा अन्य दिनमा हुने छैन । अन्य दिनका कार्यक्रम हुने स्थानमा पहिलो र दोस्रो दिनका कार्यक्रम हुनेछैनन् ।’ उहाँका अनुसार गाउँपालिकाको भूगोल ठूलो भएका कारणले पनि यस्तो गर्न आवश्यक देखियो, हामी नयाँ प्रयोग र अनुभव लिदै छौं, यसले आउँदा वर्षको कार्यक्रम तय गर्न मद्दत गर्ने विश्वास गरिएकोछ ।
‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार : कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उर्जा र पूर्वाधार’ भन्ने गाउँपालिकाको नारा नै उक्त महोत्सवको पनि नारा रहेको छ । मर्स्याङ्दी गाउँपालिका– ३ को खुदीबजार स्थित वडा कार्यालयमा सञ्चालन गरिएको पत्रकार सम्मेलनको सञ्चालन सोही वडाका अध्यक्ष सुकमान तामाङले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ कार्तिक १६, शुक्रबार १७:२२ गते
हजुरको प्रतिक्रिया