त्रिमूर्ति निकेतनद्वारा सञ्चार ग्राममा ११६ औं देवकोटा जयन्तीमा विविध कार्यक्रम

त्रिमूर्ति निकेतनद्वारा सञ्चार ग्राममा ११६ औं देवकोटा जयन्तीमा विविध कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक १७ गते शनिवार १२:२४

उक्त कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा. महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्नुभयो ।

रामगीता वाङ्मय मन्दिर अमेरिकाका अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्यमा सो कार्यक्रम गरिएको हो ।

काठमाडौं– त्रिमूर्ति निकेतनद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । सञ्चारग्राममा आयोजित काव्यसभासहितको कार्यक्रमका साथ महाविको जयन्ती कार्तिक १६ गते मनाइएको हो ।
सञ्चारग्राममा त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा प्रमुख कवि कृष्ण बाउसे लगायत कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मी रिमालले कविता वाचन गर्नुभएको थियो ।
उक्त कार्यक्रम रामगीता वाङ्मय मन्दिर अमेरिकाका अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्यमा भएको हो । उक्त कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा. महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्नुभयो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जयन्तीका अवसरमा संघीय राजधानी काठमाडौँमा रामगीता वाङ्मय मन्दिर अमेरिकाका अध्यक्ष गीता खत्री, त्रिमूर्ति निकेतनका संस्थापक अध्यक्ष श्रीमती इन्दिरा प्रसाई तथा लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा. महादेव अवस्थीले महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो ।
उहाँका अनुसार त्यस अवसरमा उहाँहरूले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालिकमा पनि माल्यार्पण गर्नु भएको थियो ।
स्मरणीय छ, कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

प्रकाशित मिति २०८१ कार्तिक १७, शनिबार १२:२४ गते
हजुरको प्रतिक्रिया