लाइन्स इन्टरनेशनल ३२५–इ काठमाडौ र सुन्दरबजार नगरपालिका बीच रोजगारमूलक उत्पादनशील योजनामा सञ्चालन गर्न सहमति

लाइन्स इन्टरनेशनल ३२५–इ काठमाडौ र सुन्दरबजार नगरपालिका बीच रोजगारमूलक उत्पादनशील योजनामा सञ्चालन गर्न सहमति

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर २० गते बिहिबार १०:०९

सुन्दरबजार(लमजुङ)– सेवानै धर्म होे भन्ने मूल मन्त्र र अभियानमा जुटिरहेको लायन्स इन्टरनेशनल र सुन्दरबजार नगरपालिका बीच रोजगारमूलक उत्पादनशील योजना सञ्चालन गर्न सहमति भएको छ । नगरपालिकाको सभाहलमा भएको दुई पक्षीय अन्तरक्रियामा...

सुन्दरबजार(लमजुङ)– सेवानै धर्म होे भन्ने मूल मन्त्र र अभियानमा जुटिरहेको लायन्स इन्टरनेशनल र सुन्दरबजार नगरपालिका बीच रोजगारमूलक उत्पादनशील योजना सञ्चालन गर्न सहमति भएको छ । नगरपालिकाको सभाहलमा भएको दुई पक्षीय अन्तरक्रियामा त्यस्तो सहमति मंसिर २० गते भएको हो । महामारी, विपदव्यवस्थापन, स्वास्थ, शिक्षा, वातावरण जस्ता क्षेत्रमा प्राथमिकताका साथ काम गरिआएको लायन्सले लमजुङमा भने रोजगार र उत्पादनमुलक क्षेत्रमा सहकार्य गर्न सहमत भएको हो । नगरपालिकाको ७० प्रतिशत र लायन्सको ३० प्रतिशत लगानीमा त्यस्तो परियोजना सञ्चालन गर्न सहमति भएको हो । लायन्स इन्टरनेशनल ३२५–इ काठमाडौका चिफ मेम्बरसीप रिटेक्सन विमलेश्वरप्रसाद प्रधानले लायन्समार्फत सेवाको काममा आफ्नो १६ वर्ष वितेको स्मरण गर्दै लायन्सको तर्फबाट त्यस्तो प्रस्ताव राख्नु भएको थियो । सो नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले लायन्सको टोलीलाई स्वागत गर्दै लायन्सले समाजसेवाका क्षेत्रमा उल्लेख्य काम गरेकाप्रति आफू जानकार रहेको बताउदै आउदो आवदेखि सो परियोजना सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सो अवसरमा मेयर कोइरालाले नगरपालिकामा रहेको स्वास्थ स्थिति र जनशक्तिका बारेमा प्रकाश पार्नु हँुदै भोलि र पर्सीको जिल्लाको बसाइँ सुखद होस् भन्ने कामना गर्नु भएको थियोे ।
लाइन्स इन्टरनेशनल ३२५–इ दृष्टि संसार ललितपुरका उपाध्यक्ष एवम् अर्बुद रोग निवारण संस्था लमजुङका सल्लाहकार रामवावु अधिकारीले कार्यक्रमको सञ्चालन गर्दै लायन्स टिमको लमजुङ आउनुको उद्देश्यमा प्रकाश पार्नु भएको थियो ।
लायन्सको चिकित्सकसहितको टोली भोलि र पर्सि यहाँ स्थित एच.डि.सि.एस– नमूना सामुदायिक अस्पतालमा अर्बुद रोग निवारण संस्था जिल्ला शाखाको आयोजनामा हुने दुई दिने क्यान्सर र आँखा शिविरका लागि आएको हो ।
उक्त अवसरमा वरिष्ठ प्रसुति रोग विशेषज्ञ तथा अंकोलोजिष्ट डा. सुशीला वैद्यले नेपाली समाजमा क्यान्सरको भयावह स्थिति बारेमा प्रकाश पार्नु भएको थियोे ।
सुन्दरबजार नगरपालिकाका नवागंतुक प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीको समेत सहभागिता रहेको सो अवसरमा अर्बुद संस्थाका जिल्ला सभापति नवराज पहाडीले उक्त टोलीलाई स्वागत गर्नु भएको थियोे । सभापति पहाडीले लमजुङमा सहकार्य गर्ने पहिलो अवसर प्राप्त गरेको छ यस्तो सहकार्यले आँउदा बर्षपनि निरन्तरता पाउने छ भन्ने विश्वास व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा अर्बुद शाखाका सल्लाहकार बाबुराम अधिकारी, उपाध्यक्ष शोभा ठकुरी, सचिव बिराट न्यौपाने लगायतको सहभागिता थियोे ।
यसैबिच लाइन्स इन्टरनेस्नल ३२५–इको टोलीले भोली २१ गते बिहान ऐतिहासिक स्थल दुराडाँडाको पाणिनी संस्कृत माविमा रहेका वटुकहरूलाई एक कार्यक्रममा बिच खाद्यान्न तथा स्टेसनरीका सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको अर्बुद रोग निवारण संस्था लमजुङ शाखाका सल्लाहकार रामवावु अधिकारीले बताउनुभएको छ ।

प्रकाशित मिति २०८१ मंसिर २०, बिहीबार २२:०९ गते
हजुरको प्रतिक्रिया