दुराडाँडा– लाइन्स इन्टरनेशनल 325- E काठमाडौंको जम्बो टिम लमजुङको ऐतिहासिक थलो दुराडाँडामा पुगेर त्यहाँ रहेको पाणिनी संस्कृति मावि हातामा सञ्चालित गुरुकुल आश्रमको अवलोकन गरेको छ । सो टोलीले त्यहाँ रहेका वटुकहरूका लागि करिब एक महिनाका लागि पुग्ने खाद्यन्नका साथमा स्टेशनरी सामग्री हस्तान्तरण गर्न पुग्दा टोलीले उनीहरूसँग मंसिर २० गते साक्षात्कार गरेको हो ।
त्यस कार्यको चाजोपाजो सोही स्थान निवासी सामाजिक एवम् राजनीतिक व्यक्तित्व रामबाबु अधिकारीले मिलाउनु भएको हो । लायन्सका चिफ मेम्बरसिप रिटेन्सन विमलेश्वरप्रसाद प्रधानको नेतृत्वमा आएको सो टोलीमा १५ जना लायन्सका लिडर तथा सदस्यहरूका साथै सोही दिनबाट सुन्दरबजारमा सुरु हुने क्यान्सर तथा आँखा शिविरका लागि आएका चिकित्सकहरू आठ जना समेत सहभागी हुनुहुन्थ्यो ।
सो टोलीले गुरुकुल आश्रमको वस्तुस्थिति अध्ययन गर्नुका साथै आफूहरूले त्यहाँका बटुकहरूका लागि ल्याएको खाद्यान्न तथा स्टेशनरी सामग्री हस्तान्तरण गरेको थियो ।
लायन्स टोलीका प्रमुख प्रधान, लायन्स क्लब दृष्टि संसारका अध्यक्ष जगदीश मुल्मी, उपाध्यक्ष रामबाबु अधिकारी, निवर्तमान अध्यक्ष प्रथमराज मेनकुल, वरिष्ठ स्त्री एवम् क्यान्सर रोग विशेषज्ञ डा. सुशीला वैद्य, नेपाल अर्बुद रोग निवारण संस्थाका जिल्ला सभापति एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, सोही संस्थाका उपसभापति एवम् लायन शोभा ठकुरी, अर्बुद संस्थाकै जिल्ला सचिव एवम् रासस प्रतिनिधि विराट न्यौपाने, समाजसेवी एवम् अनुसन्धानकर्ता विन्दू शर्मा, अर्बुद संस्थाका कार्यकारी सदस्य मीनबहादुर तामाङ लगायतद्वारा गुरुकुलाका लागि ती सामग्री हस्तान्तरण गर्नु भएको हो ।
ती सामग्री सो माविको व्यवस्थापन समितिका अध्यक्ष एवम् सोही वडाका अध्यक्ष अमृत न्यौपाने तथा गुरुकुलका सञ्चालक ठाकुर तिमिल्सिना, पाणिनी संस्कृत माविका प्रअ नवराज अधिकारी, निवर्तमान प्रअ बाबुराम अधिकारी, स्थानीयबासी नेकाका जिल्ला सदस्य विश्वनाथ अधिकारी, एमालेका जिल्ला सल्लाहकार सदस्य असिम अधिकारी, शिक्षक टोली लगायत बटुकहरूले समेत ग्रहण गर्नु भएको हो ।
सो अवसरमा चिउरा, दाल, नुन, मसला, स्वायविन, खानेतेल लगायत दुईसय थान कपि र कलम लगायतका सामग्री प्रदान गरिएको हो । सो अवसरमा लायन्सको नेतृत्वकर्ता प्रधानले लायन्सको तर्फबाट पाँच हजार, डा. सुशीला वैद्यले दुई हजार र अर्बुद संस्थाका कार्यकारी सदस्य मीनबहादुर तामाङले एक हजार पाँच सय रुपैयाँ गरी आठ हजार पाँच सय रुपैयाँसमेत हस्तान्तरण गरिएको थियो ।
उक्त अवसरमा लायन्सका टोली नेता प्रधानले यहाँको वातावरण र साना भाइहरूको स्थिति देखेर आफू भावुक भएको र थप बोल्न सक्ने अवस्थामा नरहेको हाम्रो काम सेवा गर्ने हो सेवाका लागि पछि पछिका दिनमा पनि अवसर जुट्ने छ भन्नुभयो ।
सो अवसरमा उक्त सहयोग कार्यक्रमका सुत्रधार, लायन्स क्लब दृष्टि संसारका उपाध्यक्ष एमव् अर्बुद रोग निवारण संस्थाका जिल्ला सल्लाहकार रामबाबु अधिकारीले अघिल्लो दिन नगरपालिकामा भएको अन्तरक्रियाको स्मरण गर्नु हुँदै लायन्स र नगरपालिकाका बीचमा उत्पादनमूलक क्षेत्रमा लागनी गर्नका लागि भएको सहमति अनुसार लायन्स क्लबलाई गुरुकुलसँग पनि जोड्न सकिने उल्लेख गर्नु भएको थियो ।
यसैगरी, सो वडाका अध्यक्ष एवम् सभाध्यक्ष अमृत न्यौपानेले गुरुकुलको ऐतिहासिक पृष्ठभूमिका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले पाणिनी संस्कृत मावि र गुरुकुल एकअर्काका पूरक रहेको उल्लेख गर्दै कुनै दिन ६२० नजासम्म विद्यार्थी पुगेको यो विद्यालयमा ऐले भने स्थानीय विद्यार्थी नभएका कारणले कर्णालीबाट बटुकहरू ल्याएर व्यवस्थापन गरिएको जानकारी दिनु भयो । उहाँले पालिकास्तरमा हुने बौद्धिक अतिरिक्त क्रियाकलापमा यहाँका विद्यार्थीहरू पुरस्कृत हुँदै आएको जानकारी दिनुभयो ।
अर्बुद रोग निवारण संस्थाका जिल्ला एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले लायन्सका गतिविधिका बारेमा आफू जानकार रहेको र सहयोगको पर्यायका रुपमा आफूले लायन्सलाई लिएको बताउनु भयो । उहाँले दुराडाँडाको ऐतिहासिक विरासतलाई फर्काउन वा उजिल्याउनका लागि तत्काल व्यवसायका कारणले जिल्ला सदरमुकाम रहनु परेपनि आफ्नो मन भने सधै यही सेरोफेरोमा घुम्ने गरेको बताउँदै पुर्खाहरूको विरासत जोगाउन र उजिल्याउने काममा कुनै कसर बाँकी नराखेको र भोलिका दिनमा पनि त्यो सोच र व्यवहार जारी रहने उल्लेख गर्नुभयो ।
सोही माविका प्रअ नवराज अधिकारीले गुरुकुल गैरसरकारी संस्थाको रुपमा स्थापित छ तर पनि यसको आम्दानी खर्चका बारेमा पारदर्शी तरिकाले व्यवस्थित गरिएको र निश्चित समयवाधिमा त्यसको प्रतिवेदन सार्वजनिक गरिआएको र अबका दिनमा पनि त्यो कार्य जारी रहने जानकारी दिनुभयो ।
सो अवसरमा समाजसेवी एवम् अनुसन्धानकर्ता विन्दू शर्माले बटुकहरूलाई स्वीटर पठाइदिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
आफ्नो जन्मथलोमा पुगेका लायन्स क्लबका स्वयम्सेवीहरू, चिकित्सक टोली सहितका पाहुनाहरुलाई सो दिन विहान समाजसेवी रामबाबु अधिकारीले आफ्नो निवासमा दुराडाँडा क्षेत्रको मौलिक खाना लट्टे(चाम्रे)को स्वाद चखाउनु भएको थियो । 
प्रकाशित मिति २०८१ मंसिर २५, मंगलवार १२:०० गते