पोखरा– जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न पुस २५ गते त्यस्तो आदेश दिएको हो ।
कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश नीतिज राईको इजलासको आदेश अनुसार पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रास्वपा सभापति लामिछानेलाई ६५ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङ र मीना गुरूङलाई ५÷५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
सो अदेशसँगै रविलाई जेलमै सडाउन सरकारकाले बुनेको राजनीतिक प्रतिशोधपूर्ण तानाबाना एकपटकलाई फेरि धुजा धुजा भएको छ ।
जिल्ला अदालतले धरौटी मागेको धरौटी राखेर रिहा भए लगत्र्त उहाँलाई काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दाको सुनुवाईका लागि प्रहरीले काठमाडौं लग्ने भएको छ ।
सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो । रविलगायत ६३ जनाविरुद्ध मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।
कास्कीको सूर्यदर्शन सहकारीको रकम अपलचनमा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सरकारी वकिलले रवि लामिछानेसँग सहकारी ठगी गरेको कसुरमा मात्रै ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो ।
सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ स्रोत नखुलेको भन्दै बिगो मागदाबी गरेको थियो ।
स्मरणीय छ, रविलाई धरौटीमा छाड्ने अदेशसँगै उहाँलाई जेलमै सडाउन सरकारका साथै १२ भाइले बुनेको राजनीतिक प्रतिशोधपूर्ण तानाबाना एकपटकलाई फेरि धुजा धुजा भएको छ ।
आजमात्रै पनि १२ भाइको नायकत्व लिने कान्तिपुरले रविले दस्तखत गरेको चेक बाहिरिएको भन्दै अदालतलाई प्रभाविक पार्ने गरी समाचार प्रकाशित गरेको थियो ।
रविलाई काठमाडौ पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीको तयारी रहेको एसपी श्यामबाबु ओलियाले बताउनु भयो । उहाँका अनुसार रविविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर भएकाले काठमाडौं पठाइने छ । उहाँले भन्नुभयो, ‘भर्खर अदालतको आदेश आएको छ । धरैटी बुझाएर रिहा भएपछि उहाँलाई हामी काठमाडौं पठाउँछौं ।’
रविविरुद्ध काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ । ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा पुस २१ गते मात्रै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
स्मरणीय छ, स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर गत पुस २३ गते रिहा भइसकेका छन् ।
प्रकाशित मिति २०८१ पुष २५, बिहीबार १८:५७ गते