राष्ट्रिय भूमि आयोग लमजुङको अध्यक्षमा फेरि अधिकारी नियुक्त

राष्ट्रिय भूमि आयोग लमजुङको अध्यक्षमा फेरि अधिकारी नियुक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ १ गते मङ्गलबार ०८:३५

ऐले सत्ता गठबन्ध फेरिएर दुई दलीय सरकार गठन भएको छ । यस्तो स्थितिमा दुवै दलबाट २÷२ जना समितिमा मनोनित हुने सम्भावना बढेको छ तर को को ? भन्ने प्रष्ट हुन बाँकीनै छ ।

विगतमा माओवादी केन्द्र र एकीकृत समाजवादी सत्तामा भएको हुँदा ती दलका प्रतिनिधिहरू सदस्य थिए ।

बेसीशहर– राष्ट्रिय भूमि समस्या समाधान आयोग लमजुङमा निवर्तमान अध्यक्ष दामोदर अधिकारी फेरि नियुक्त हुनु भएको छ । अधिकारीलाई आयोगको केन्द्रले पुस २९ गते नियुक्ति दिएको हो ।
विद्यमान कानुन अनुसार उहाँको पदावधि दुई वर्षको हुने देखिएको छ । उहाँको पद गत चैत पहिलो सातादेखि रिक्त भएको थियो । सत्ता समिकरण परिणवर्तन भएसँगै सो समिति विघटन गरिएको थियो । सोसँगै पद रिक्त भएको हो । समिति विघटनका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि सो कामयावी हुन सकेको थिएन ।
पछिल्लो पटक राष्ट्रिय भूमि आयोगको नाम परिवर्तन गरी राष्ट्रिय भूमि समस्या समाधान आयोग नामाकरण गरिएको लमजुङका नवनियुक्त अध्यक्ष दामोदर अधिकारीले बताउनु भएको छ । उहाँका विद्यमान कानुन अनुसार सो समितिका अध्यक्ष समेत चार जनाको राजनीतिक नियुक्ति हुन्छ ।
सो समितिमा अध्यक्ष समेत अन्य तीन जना सदस्य राजनीतिक नियुक्ति हुन्छन् । विगतमा माओवादी केन्द्र र एकीकृत समाजवादी समेत सत्तामा भएको हुँदा ती दलका प्रतिनिधिहरू सदस्य थिए भने ऐले सत्ता गठबन्ध फेरिएर दुई दलीय सरकार गठन भएको छ । यस्तो स्थितिमा दुवै दलबाट २÷२ जना हुने सम्भावना बढेको छ तर को को ? भन्ने प्रष्ट हुन बाँकीनै छ ।
जम्मा ९ सदस्य हुने सो समितिमा जिल्ला प्रशासनको अधिकृतस्तरका एक कर्मचारी सदस्य हुने प्रवन्ध छ भने जिल्ला समन्वय समिति, वन डिभिजन कार्यालय र मालपोत कार्यालयका प्रमुख सदस्य रहन्छन् भने नापी कार्यालयका प्रमुख सदस्य सचिव रहने कानुनमा उल्लेख छ ।
सुविधा विहीन रुपमा रहेर पनि लमजुङको तत्कालीन समितिले राम्रै उपलब्धिपूर्ण कार्य गरेको आयोगको केन्द्रले समेत स्विकार गरेको थियो । सायद त्यसैले अधिकारी पुनः अध्यक्षमा नियुक्त हुन भएको आंकलन गरिएकोछ ।

प्रकाशित मिति २०८१ माघ १, मंगलवार २०:३५ गते
हजुरको प्रतिक्रिया