सतुवा खेतीको विउका लागि लमजुङ आत्म निर्भर, वनमन्त्री पौडेलद्वारा अनुगमन

सतुवा खेतीको विउका लागि लमजुङ आत्म निर्भर, वनमन्त्री पौडेलद्वारा अनुगमन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ ५ गते शनिवार १०:४६

लमजुङमा ऐले प्रतिवर्ष २२ हजारदेखि २५ हजार सतुवाको गाना विक्री गर्न सक्ने क्षमता विकसित भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्तोष खनालले बताउनु भयो ।

सतुवा र दाँते ओखरमात्र नभई लौठ सल्ला र टिमुरको समेत व्यवसायिक खेती सुरु भएको छ ।

छिनखोला(लमजुङ)– जडीबुटीका लागि उर्बर मानिने लमजुङ जिल्ला सतुवा खेतीको विउका लागि आत्म निर्भर भएको छ । नेपालमा लोपोन्मुख जडिबुटीको रुपमा रहेको सतुवा खेतीलाई डिभिजन वन कार्यालय, लमजुङले एक कार्यक्रमका बीचमा त्यस्तो बताएको हो । गण्डकी प्रदेश सरकारको वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल सो कार्यक्रमको अनुगमन गर्नु भएको छ । लमजुङको मर्स्याङदी गा.पा.– ७ को यहाँ आयोजित एक कार्यक्रममा सतुवा खेतीको विउका लागि आत्म निर्भर भएको जानकारी दिइएको हो ।
वन मन्त्री पौडेलबाट सतुवाको गानो र गण्डकी प्रदेश सभा सदस्य माननीय पार्वती तामाङबाट दाँते ओखरको बिरुवा रोपण गरी डिभिजन वन कार्यालय, लमजुङको जडीबुटी खेती विस्तार (हिउँदे) क्रियाकलापको शुभारम्भ गर्नु भएको थियो । सो कार्यक्रमको मन्त्री पौडेलले निरीक्षण पछि उहाँले सतुवाको बिरुवा रोपन कार्य गर्दै १३ सय सतुवाको बिरुवा स्थानीयलाई हस्तान्तरण गर्ने कार्य समेत गर्नु भयो । लमजुङमा जडिबुटी खेतीको प्रचुर सम्भावना भएकोले आर्थिक उपार्जनमा महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो । उहाँले यस किसिमका कार्यक्रमले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, स्थानीयस्तरमा रोजगारका अवसर सिर्जनासँगै नेपालमा लोपोन्मुख जडिबुटीको रुपमा रहेको सतुवा खेतीलाई आफ्नो कार्यकालमा जिल्लाका विभिन्न क्षेत्रमा पकेट क्षेत्रको रुपमा अगाडि बढाईने भएको हुँदा ढुक्कसँग खेती गर्न किसानलाई अनुरोध गर्नुभएको थियो ।
आव २०७७÷७८ देखि यसको विउका लागि गरिएको प्रयास स्वरुप लमजुङमा ऐले प्रतिवर्ष २२ हजारदेखि २५ हजार सतुवाको गाना विक्री गर्न सक्ने क्षमता विकसित भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्तोष खनालले बताउनु भयो । उहाँका अनुसार यसअघि सतुवाको खेती विस्तार गर्न दोलखा, संखुवासभा, इलामदेखि विउ(गानो) ल्याउनु पथ्र्यो । उहाँले भन्नुभयो ‘यो वर्ष ६ हजारदेखि ८ हजार जिल्ला बाहिर पनि बिक्री गर्न सक्ने स्थिति छ ।’ ती मनाङले लग्छ सायद उहाँले जानकारी दिनुभयो । प्रतिगोटा गोटा ४८ रुपैयाँमा सुतवाको गानो बिक्री हुन्छ डिभिजन वन कार्यालयका सूचना अधिकारी खनालले जानकारी दिनुभयो । उहाँका अनुसार कम्तिमा तीन वर्षमा यो विक्री योग्य हुन्छ तर ५– ६ वर्षसम्म राखेर विक्री गर्दा किसानले बढी फाइदा लिन सक्ने हुन्छ । सतुवाको खेती अदुवाको जस्तो हो तर यसको स्वाहार बढी गर्नु पर्ने हुन्छ खनालले भन्नुभयो । उहाँले भन्नुभयो, ‘सिंचाई र गोडमेलमा विशेष ध्यान दिनु पर्ने हुन्छ तर किसानमा त्यो चेतना आइसकेको पाइदैन ।’
सो अवसरमा जडीबुटी किसानहरूलाई डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत दिपकप्रसाद पण्डित, जडीबुटी नर्सरी सञ्चालकहरू गमप्रसाद गुरुङ, अजय तामाङ र सोमबहादुर तामाङले जडीबुटी खेती प्रविधि सम्वन्धी सैद्धान्तिक र प्रयोगात्मक (अन फार्म) अभिमुखिकरण गर्नु भएको थियो । सतुवा २ सेमी को फरकमा र दाँते ओखर १० मिटरको दुरीमा लगाउनु पर्ने डिभिजनल वन अधिकृत पण्डितले बताउनु भयो । उहाँका अनुसार उक्त अभिमुखीकरण कार्यक्रममा जिल्लामा व्यवसायिक जडिबुटीको खेती गरिरहेका अगुवा किसान १५ जना सहभागी भएका थिए । उहाँले भन्नुभयो, ‘सतुवा र दाँते ओखरमात्र नभई लौठ सल्ला र टिमुरको समेत व्यवसायिक खेती सुरु भएको छ ।’
ओखरका विरुवा प्रति गोटा ५० रुपैयाँमा बैतडीबाट ल्याइएको वन डिभिजन कार्यालयले जनाएको छ ।
हालसम्म सतुवा खेती मर्स्याङदी गाउँपालिका– ७ को छिनखोला तथा लुदि र वडानं– ४ को च्याम्चेमा लगाउने काम भइरहेको छ ।
सो कार्यक्रमको आवसरमा छिनखोला आमा समूहले स्वागत, सम्मान गरेको थियो ।

प्रकाशित मिति २०८१ माघ ५, शनिबार १०:४६ गते
हजुरको प्रतिक्रिया