बेसीशहर– अनेमसंघ लमजुङले ११५औं अन्तर्राष्ट्यि श्रमिक महिला दिवसमा अखिल नेपाल महिला(अनेम) संघ लमजुङले हाजिरीजवाफ तथा गाउँखाने कथा प्रतियोगिता गरेको छ । सो अवसरमा संघले आफ्ना पालिका कमिटिस्तरीय प्रतियोगिता फागुन २३ गते आयोजना गरेको हो ।
यहाँ स्थित एमाले पार्टी कार्यालयको सभाहलमा भएको प्रतियोगिता ‘महिला हिंसा अन्त्यका लागि घरमा सदस्य टोलटोलमा संगठन हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन गरिएको आयोजक अनेम संघ लमजुङका अध्यक्ष पवित्र थापा रानाले जानकारी दिनु भयो ।
सो प्रतियोगितामा क्व्होलासोथार गाँउ कमिटि पहिलो भएको छ । हाजिरीजवाफका साथमा गाउँखाने कथा गरी दुई चरणमा गरिएको प्रतियोगितामा १४ अंक सहित क्व्होलासोथार पहिलो भएको हो । पाँच टिमले भाग लिएको सो प्रतियोगितामा दोर्दी गाउँपालिका कमिटि दोस्रो भयो । सो टिमले ९ अंक ल्याएको थियो । त्यस्तै, ८ अंक सहित बेसीशहर नगरकमिटिले तोस्रो स्थान हासिल गरेको आयोजकको भनाइ छ ।
सुन्दरबजार नगरपालिका तथा मस्र्याङदी गाउँपालिका टिमले सान्त्वना स्थान हासिल गरेको आयोजक अनेम संघ लमजुङका अध्यक्ष पवित्र थापा रानाले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा पहिलो हुने टिमलाई पाँच हजार, दोस्रो टिमलाई तीन हजार, तेस्रो हुने टिमलाई दुई हजारका साथै सान्त्वना स्थान हासिल गर्ने दुई टिमलाई एक÷एक हजार नगद सहित प्रमाण पत्र पुरस्कार दिइएको छ ।
संघका जिल्ला अध्यक्ष थापारानाको अध्यक्षतामा भएको कार्यक्रममा अनेम संघ केन्द्रीय सदस्य लक्ष्मीदेवी अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । केन्द्रीय सदस्य अधिकारीले महिला सशक्तिकरणका लागि हरेक क्षेत्रमा महिला सहभागिता बृद्धि गर्न आवश्यक रहेको र यस्ता प्रतियोगिताले महिलाहरुलाई प्रेरित गर्ने बताउनुभयो । उहाँले यस प्रतियोगिताले महिलाहरुलाई सामान्य ज्ञानको जानकारी सँगै क्षमता अभिवृद्धि गर्न समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
अतिरिक्त क्रियाकलापमा महिलाहरूलाई सहभागी गराई समुदायमा लैङ्गिक समानताको सन्देश दिने र सामुदायमा हुने विभिन्न क्रियाकलापहरूमा महिलाहरूको सहभागिता बृद्धि गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको अनेम संघका जिल्ला उपाध्यक्ष बुनाकुमारी रिमालले बताउनु भयो ।
सञ्चालन अनेम संघ जिल्ला कमिटि सचिव विमला पौडेलले गर्नुभएको कार्यक्रममा अनेम संघ प्रदेश कमिटि सहसचिव पद्यमा गुरुङ, एमाले जिल्ला कमिटि अध्यक्ष राजकुमार विष्ट, पार्टी जिल्ला कमिटि पदाधिकारी, अनेम संघका जिल्ला कमिटि तथा पालिका कमिटिका पदाधिकारीहरूको सहभागिता थियो । उक्त प्रतियोगिताको सहजीकरण जिल्ला कमिटि सदस्य रेणुका ठकुरीले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८१ फाल्गुन २४, शनिबार ०७:४० गते