आदर्श समाज ३० औं वर्ष प्रवेशमा : शुभकामना तथा सम्मान

आदर्श समाज ३० औं वर्ष प्रवेशमा : शुभकामना तथा सम्मान

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख २ गते मङ्गलबार ०९:०९

कार्यकारी सम्पादक विजय नेपालले पत्रिकाले आफ्नो आदर्श र पत्रकारिताको सिद्धान्तलाई जहिले पनि आत्मसात गर्दै अघि बढेको बताउनु भयो । उहाँले आगामी दिनमा पाठकसमक्ष पत्रिकालाई अझै सशक्त र गुणस्तरीय बनाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आदर्श समाज गण्डकी प्रदेशमै राष्ट्रिय (क) वर्गको एकमात्र दैनिक हो ।

पोखरा– यहाँबाट प्रकाशित हुने आदर्श समाज राष्ट्रिय दैनिक ३० औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रमका साथ वैशाख १ विशेष कार्यक्रम गरिएको छ ।
समारोहमा आदर्श समाज बहुमुखी प्रकाशन प्रालिका अध्यक्ष एवं प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले पत्रिका प्रकाशनमा धेरै चुनौतीहरू रहेको उल्लेख गर्दै संयमित भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले पत्रिकालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण पाठक, ग्राहक, विज्ञापनदाता, स्तम्भकार तथा सम्पूर्ण शुभचिन्तकप्रति आभार व्यक्त गर्नु भएको थियो ।
प्रबन्धक कृष्णप्रसाद बस्ताकोटीले पत्रिकाको सुरुआतको संघर्षको चित्रण गर्दै यो पत्रिका पोखराको पर्यायवाची बन्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले पत्रिकाको स्वतन्त्र छवि रहेको बताउँदै यसको चर्चा जताततै हुने गरेको उल्लेख गर्नुभयो ।
व्यवस्थापक दुर्गादेवी बास्तोलाले सबैको साथ र सहयोगले पत्रिका यहाँसम्म आइपुग्न सफल भएको बताउनु भएको थियो ।
यसैगरी, कार्यकारी सम्पादक विजय नेपालले पत्रिकाले आफ्नो आदर्श र पत्रकारिताको सिद्धान्तलाई जहिले पनि आत्मसात गर्दै अघि बढेको बताउनु भयो । उहाँले आगामी दिनमा पाठकसमक्ष पत्रिकालाई अझै सशक्त र गुणस्तरीय बनाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वितरण शाखा प्रमुख बलबहादुर राउतले नयाँ वर्ष तथा पत्रिकाको वार्षिकोत्सव अवसरमा शुभकामना व्यक्त गर्दै प्रगतिको कामना गर्नुभयो ।
समारोहमा सहभागी आदर्श समाज परिवारका सदस्यहरूले आपसमा नयाँ वर्ष– २०८२ को शुभकामना आदानप्रदान गरेका थिए । सो अवसरमा वितरण विभागमा रही लामो समयदेखि कार्यरत् पोखरा– २६, लेखनाथ निवासी पूर्णबहादुर रानाभाटलाई सम्मान गरिएको छ । उहाँलाई पत्रिकाका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोला, प्रबन्धक कृष्णप्रसाद बस्ताकोटी, व्यवस्थापक दुर्गादेवी बास्तोला, कार्यकारी सम्पादक विजय नेपालले सम्मान प्रदान गर्नु भएको हो ।
पत्रिकाको सम्पादन, मार्केटिङ, वितरण, छपाई तथा प्रशासन विभागका कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी पत्रकार दिनेश पौडेलले गर्नु भएको थियो ।
पोखराको पुरानो आदर्श समाज २०५३ वैशाख १ गतेबाट पाक्षिक रुपमा प्रकाशन सुरु भएको थियो । त्यसको एक वर्षपछि साप्ताहिकमा रुपान्तरण भएकोमा २०५४ माघ श्रीपञ्चमीदेखि दैनिकरुपमा निरन्तर प्रकाशित हुँदै आएको छ । यो गण्डकी प्रदेशमै राष्ट्रिय (क) वर्गको एकमात्र दैनिक हो ।

प्रकाशित मिति २०८२ बैशाख २, मंगलवार ०९:०९ गते
हजुरको प्रतिक्रिया