बेसीशहर– लमजुङ भूपू भातरीय विकास समितिको अध्यक्षमा सुवे. चित्रबहादुर गुरुङ चयन हुनु भएको छ । उहाँ यसअघि सो समितिको कावा अध्यक्ष हुनुहुन्थ्यो । समितिको सातौं अधिवेशनले उहाँलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
१५ सदस्य रहेको समितिको सम्पन्न सातौं अधिवेशनले अध्यक्षमा सुवे. चित्रबहादुर गुरुङलाई चयन गरेको हो । त्यस्तै, उपाध्यक्षमा सुव रमेश राउत, सचिवमा नायक लक्ष्मण राउत, कोषाध्यक्षमा शोभा थापा तथा सहसचिवमा सुवे. छविलाल गुरुङ निर्विरोध चयन हुनुभएको छ ।
यसैगरी, समितिको सदस्यमा नासु जसबहादुर गुरुङ, सु. बिनबहादुर अधिकारी, सु. अमरकाजी अधिकारी, क्या. आस्क्रो गुरुङ, क्या. धनबहादुर गुरुङ, नासु गोरे गुरुङ, हवल्दार भिमबहादु गुरुङ, महिला सदस्य आशकुमारी गुरुङ र कल्पना गुरुङ चयन हुनुभएको छ ।
२०५७ सालमा स्थापना भएको लमजुङ भूपू भातरीय विकास समितिका संस्थापक अध्यक्ष स्व. क्या लालबहादुर गुरुङ हुनुहुन्थ्यो । उहाँ दुई कार्यकाल अध्यक्ष हुनुभयो भने त्यसपछि क्या. सेरबहादुर गुरुङ अध्यक्ष हुनु भएको थियो । त्यसपछि क्या. खड्गबहादुर गुरुङ अध्यक्ष चयन हुनु भएको थियो । उहाँले दुई वर्ष विताएर हालका अध्यक्ष सुवे. चित्रबहादुर गुरुङलाई कार्यबाहक दिनु भएको थियो ।
समितिको विधान अनुसार कार्यकाल तीन वर्षको रहने व्यवस्था छ ।
प्रकाशित मिति २०८२ बैशाख २, मंगलवार १४:२५ गते