काठमाडौं– लिबर्टी माइको लाइफ इन्स्योरेन्स लि.ले बीमितको हितमा नयाँ बीमा योजना ल्याएको छ । ‘ग्यारेण्टिड ग्रोथ प्लान’ नामको नयाँ बीमालेख यहाँ स्थित थापाथली कार्यलयमा आयोजित एक कार्यक्रमका बीच प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवले बैशाख ९ गते सार्वजनिक गर्नु भएको हो ।
सो अवसरमा जारी प्रेस विज्ञप्तिमा लिबर्टी माइको लाइफ इन्स्योरेन्स लि.ले बजारको माग र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै न्यून तथा मध्यम आय वर्गको हितका लागि नयाँ बीमा योजना ‘ग्यारेण्टिड ग्रोथ प्लान’ बीमालेख प्रचलनमा ल्याएको उल्लेख छ । यस योजनाले वर्तमानमा सानो– सानो रकम बचत गरी बीमालेख परिपक्व हुँदा बीमितलाई एकमुष्ठ रकम प्राप्त गरी आफ्नो आर्थिक लक्ष्य हासिल गर्न मदत गर्दछ । साथै कथंकदाचित बीमालेख चालुरहेको अवस्थामा बीमितको मृत्युभएमा बीमितको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्दछ विज्ञप्तिमा भनिएको छ ।
उक्त बीमालेख १८ वर्ष देखि ६५ वर्षसम्मका व्यक्तिले न्यूनतम आठ वर्षदेखि अधिकतम् २५ वर्ष अवधिका लागि खरीद गर्न सक्ने प्रावधान छ । यस बीमा योजना अन्र्तगत न्यूनतम् बीमाङ्क १० हजार रुपैयाँदेखि अधिकतम् बीमाङ्क पाँच लाख रुपैयाँसम्म हुनेछ । यस बीमा योजना अन्र्तगत ग्राहकवर्गले आफ्नो आवश्यकता तथा इच्छा अनुसार वार्षिक, अर्ध– वार्षिक, त्रैमासिक तथा एकमुष्ठ रुपले बीमाशुल्क भुक्तान गर्न सक्ने प्रवन्ध छ । साथै यस योजनासंगै अतिरिक्त सानो रकम तिरी ADB तथा ATPD सुविधा पनि लिन सकिनेछ ।
यस बीमा योजनाको मुख्य विशेषता बीमालेखको अवधि भुक्तानीमा बीमाङ्क रकम तथा बीमालेखको अवधिको आधारमा १० वर्षे अवधिसम्म २५ प्रतिशत, १०–१४ वर्षे अवधिसम्म ३५ प्रतिशत, १५–१९ वर्षे अवधिसम्म ४५ प्रतिशत तथा २० वर्ष वा सो भन्दा माथिको अवधिमा ५० प्रतिशत प्रतिवर्ष प्रतिहजारको दरलेGuaranteed Return दिइनेछ ।
‘ग्यारेण्टिड ग्रोथ प्लान’ नामको यो योजना न्यून तथा मध्यम आय वर्गका लागि नयाँ बिमा योजना बीमालेख प्रचलनमा ल्याएको छ ।
यस योजनामा अवधि समाप्त हुनुभन्दा अगावै बीमालेख सक्रिय रहेको अवस्थामा बीमितको मृत्यु हुंदा मूल बीमाङ्क रकममा बीमालेखको अवधिको आधारमा बीमाङ्क रकममा प्रत्याभूत गरिएको आय (Guaranteed Return) थप गरि एकमुष्ठ भुक्तानी गरिनेछ ।
साथै बीमालेख अन्र्तगत पूरा तीन वर्षको बीमा शुल्क भुक्तानी भै बीमा प्रारम्भ मितिले तीन वर्ष पूरा भएको अवस्थामा नेपाल बीमा प्राधिकरणले लागु गरेको विधि अनुसार बीमालेख अन्र्तगत सर्मपण मूल्यको ९० प्रतिशतसम्म कर्जा वा बीमालेख सर्मपण गर्न सकिनेछ ।
यस नवीन बीमालेखको फाइदा उठाउन सम्पूर्ण ग्राहक वर्गहरूलाई यो बीमालेख खरिद गर्नुहुन साथै कम्पनीका कर्मचारी तथा अभिकर्ता वर्गलाई सम्पर्क गरी विस्तृत जानकारी लिन समेत आह्वान गरिन्छ ।
उक्त बीमा योजना अब लमजुङमा पनि बिस्तार गरिने भएको सो कम्पनीको सुन्दरबजार स्थित लमजुङ उपशाखाका प्रमुख निश्चल रेग्मीले बताउनु भएको छ ।
प्रकाशित मिति २०८२ बैशाख ९, मंगलवार २०:५८ गते