हामीलाई शिक्षकले ताली बजाएर स्वागत गरेका हुन् खेदेको होइन : नेपाल

हामीलाई शिक्षकले ताली बजाएर स्वागत गरेका हुन् खेदेको होइन : नेपाल

एजेन्सी

@antaranganews

२०८२ बैशाख १६ गते मङ्गलबार ०७:२३

नेता नेपालले नेकपा एस शिक्षक र आम जनताका जायज मागका पक्षमा रहेको बताउनु भएको छ । उहाँले गलत समाचार प्रकाशन नगर्न पनि अनुरोध गर्नु भएको छ ।

माइतीघर– बानेश्वर सडकमा जारी शिक्षकहरूको प्रदर्शनमा उहाँहरू सहभागी हुनुभएको हो ।

काठमाडौँ– पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुग्नु भएको छ । उहाँ तथा सो दलका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल शिक्षकहरूद्वारा गरिएको सडक आन्दोलनको २७ दिन ऐक्यवद्धता जनाउन उहाँहरू बैशाख १६ गते माइतीघर– बानेश्वर क्षेत्रमा पुग्नु भएको थियो ।
नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई शिक्षकहरूले ताली बजाएर स्वागत गरेका हुन् खेदेको होइन भन्नु भएको छ । नेता नेपालले एक भिडियो सन्देश जारी गर्दै भन्नुभएको छ, ‘शिक्षकहरूले हामीलाई खेदेका होइनन् । स्वागत गरेका हुन्, ताली बजाएर । नारा लगाएर’, सो भिडियो सन्देशमा उहाँले भन्नुभएको छ, ‘हामीले पनि मुठ्ठी उठाएर उहाँहरूको नारामा साथ दिएका थियौँ । शिक्षक संगठन जिन्दावाद ! शिक्षक संगठनका जायज माग पूरा गर ।’
त्यसो त आन्दोलन क्षेत्रमै पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले ‘शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन हामी आएका हौं ।’ भन्नुभएको थियो ।
सो क्रममा नेताहरूले शिक्षक महासंघका प्रतिनिधिसँग भेटघाट समेत गरे । उहाँहरूले यसअघि नै शिक्षकहरूका जायज माग पूरा नभए आन्दोलनले कडा रुप लिने चेतावनी समेत दिएको समेत स्मरण गर्नु÷गराउनु भएको थियो ।
नेता नेपालले नेकपा एस शिक्षक र आम जनताका जायज मागका पक्षमा रहेको बताउनु भएको छ । उहाँले गलत समाचार प्रकाशन नगर्न पनि अनुरोध गर्नु भएको छ ।
उहाँहरू त्यहाँ पुगेको समयमा केही शिक्षकहरूले तपाईंहरू यहाँ आउने होइन, संसद्मै आवाज उठाउने हो लगायत नारा लगाएका थिए । त्यसपछि शिक्षकबाट खेदिएको भन्ने समाचारप्रति नेपालले आपत्ति प्रकट गर्दै आफूहरूलाई शिक्षकहरूले नखेदेको दाबी गर्नु भएको हो ।
नयाँ बानेश्वर क्षेत्रमा आन्दोलनरत शिक्षकहरूलाई भेट्न र ऐक्यवद्धता जनाउन माधवकुमार नेपालको साथमा पूर्वप्रधानमन्त्री समेत रहनु भएका सहित वरिष्ठ नेता झलनाथ खानाल, उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, भानुभक्त जोशीलगायत नेताहरू पुग्नु भएको थियो ।
नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् । विगतमा सरकार र महासंघबीच भएका सहमति समेट्दै तत्काल विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति २०८२ बैशाख १६, मंगलवार ०७:२३ गते
हजुरको प्रतिक्रिया