भोटेओडार– अन्तराष्ट्रिय बाल श्रम विरुद्धको दिवसका अवसरमा यहाँ स्थित भक्ति नमुना माध्यामिक विद्यालयमा बाल अधिकार र कानुनी सचेतना सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । सो कार्यक्रम जेठ २९ गते गरिएको हो ।
प्रशिक्षक एवम् पत्रकार वासुदेव थापाले सहजिकरण गर्नु भएको थियो । उहाँले बालबालिकाको हकसम्बन्धी महासन्धि अनुसार बालबालिकालाई वासंविस अर्थात बाच्न पाउने, विकासको, संरक्षणका साथै सहभागिताको अधिकार दिएको उल्लेख गर्नु भयो । संविधानमा बालबालिकालाई शिक्षा, स्वास्थ्य, बालमजदुरीबाट मुक्ति, बालमैत्री न्याय प्रणाली लगायतका अधिकारहरू सुनिश्चित गरिएको स्थानीय तहमा बाल सञ्जाल, बालमैत्री स्थानीय शासनको अभ्यास गराउनु पर्ने संविधानले किटान गरेको जानकारी दिनु भएको थियो ।
थापाले बाल श्रम विरुद्धको दिवसका अबरमा आयोजित उक्त कार्यक्रममा रेडियो भोटेओडारका स्टेशन म्यानेजर थापाले विद्यार्थीलाई अभिमुखुीकरण गराउनु भएको थियो । नेपालको संविधान २०७२ भाग ३ धारा ३९ मा बालबालिकाको हकलाई सुनिश्चित गरेको तथा सोही धारा ३९ को उपधारा १ देखि उपधारा १० सम्म खुलाएको बाल अधिकारका बारेमा विद्यार्थीलाई प्रशिक्षण दिइएको थापाले बताउनु भयो ।
उहाँले बालबालिकाको उचित स्याहार सुसार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन परिवार वा राज्यले उपलब्ध गराउनु पर्ने र असाह्य बालबालिकालाई राज्यले नै संरक्षण गर्नुपर्ने संवैधानिक अधिकार रहेको थापाले जानकारी गराउनु भयो । त्यस्तै बाल विवाह, जोखिमयुक्त श्रममा लगाउनु, बाल हिंसा, अपहरण गर्नु कानुन अनुसार दण्डनीय भएको समेत विद्यार्थीलाई जानकारी गराउने काम सो अवसरमा गरिएको थियो ।
सो अवसरमा करिब ४० जना बालबालिकाहरूले भाग लिएका थिए ।
नेपालले सन् १९९० मा यस महासन्धिलाई अनुमोदन गरी सन् १९९१ मा संसद्बाट अनुमोदन हो । त्यसपछि नेपालले यो दिवस मनाउन थालेको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज अधिकारी, शिक्षक भुवन न्यौपानेलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८२ जेष्ठ ३०, शुक्रबार ०६:२८ गते