दोर्दी गाउँपालिकाले जिल्लाका सबै पालिकालाई उछिन्दै ल्यायो आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट

दोर्दी गाउँपालिकाले जिल्लाका सबै पालिकालाई उछिन्दै ल्यायो आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार ९ गते सोमबार ०३:२०

गाउँपालिका अध्यक्ष युवराज अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुतपछि गाउँसभाको सत्रौं अधिवेशनमा उपाध्यक्ष बिच्छबहादुर घलेले बजेटसहितको कार्यक्रम निर्णयार्थ पेश गर्नु भएको थियो ।

आर्थिक वर्ष २०८२÷८३ का लागि सो पालिकाले ५७ करोड ६० लाख १६ हजार ७ सय २८ रुपैयाँ बराबरको बजेट असार ७ गते ल्याएको हो ।

नौथर(लमजुङ)– लमजुङ जिल्लामा दोर्दी गाउँपालिकाले जिल्लामा सबै पालिकालाई उछिन्दै ल्यायो आउँदो वर्षको नीति, कार्यक्रम र बजेट ल्याएको छ । आर्थिक वर्ष २०८२÷८३ का लागि सो पालिकाले ५७ करोड ६० लाख १६ हजार ७ सय २८ रुपैयाँ बराबरको बजेट असार ७ गते ल्याएको हो ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुतपछि पेश गरिएको बजेटमा सशर्त अनुदान चालुतर्फ २५ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । गाउँसभाको सत्रौं अधिवेशनमा उपाध्यक्ष बिच्छबहादुर घलेले बजेटसहितको कार्यक्रम निर्णयार्थ पेश गर्नु भएको थियो । बजेटका विषयमा बृहत छलफल पछि गाँउ सभाले सर्वसम्मत बजेट पास गरेको हो ।
गाँउपलिकाको अध्यक्ष युवराज अधिकारीले गाँउसभामा आवश्यकता र प्राथमिकताको आधारमा भेदभाव र पक्षपात रहित रूपमा उक्त पालिकाको लागि नीति बजेट र कार्यक्रम ल्याइएको बताउनुभयो ।
कुल आय तर्फ ५७ करोड ६० लाख १६ हजार सात सय २८ रूपैंया मध्ये संघीय सरकारबाट गाँउपालिकाको वित्तिय समानिकरण अनुदान तर्फ नौं करोड ५९ लाख, सतर्क अनुदान तर्फ चालु तर्फ २५ करोड ८५ लाख संघीय समपूरक तर्फ ७६ लाख विषेश अनुदान तर्फ ५४ लाख समपूरक अनुदानतर्फ एक करोड पाँच लाख बजेट स्वीकृत भएको प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनु भएको छ । उहाँका अनुसार राजस्व बाँडफाँड तर्फ १० करोड ४१ लाख १० हजार सात सय २८ रूपैंया बजेट स्वीकृत भएको छ ।
उहाँले भन्नुभयो, ‘प्रदेश सरकारबाट गाँउपलिका वित्तिय समानिकरण अनुदानतर्फ एक करोड सात लाख छ हजार प्रदेश राजस्व बाँडफाँड तर्फ एक करोड रूपैंया बजेट स्वीकृत भएको छ ।’ प्रदेशको समपूरक अनुदान तर्फ ६० लाख विषेश अनुदान तर्फ ४० लाख वन, पर्यटन र रोयल्टी तर्फ दुई करोड ८० लाख आन्तरिक आय तर्फ राजस्व अनुमान ८० लाख मालपोत रजिष्ट्रेसनतर्फ आठ लाख र अन्यबाट दुई करोड ६५ लाख रूपैंया बजेट स्वीकृत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेको भनाइ छ ।
आउँदो आर्थिक बर्षमा व्यय तर्फ सतर्क अनुदान चालुतर्फ २५ करोड ८५ लाख सतर्क पुँजीगत अनुदान ७६ लाख विषेश अनुदान ५४ लाख समपूरक अनुदान पुँजिगत उक करोड पाँच लाख विषेश अनुदान ४० लाख प्रदेश समपूरक अनुदान ६० लाख राहत तथा उद्धार कोष १५ लाख प्रकोप व्यवस्थापन कोष १९ लाख समपुरक कोषका लागि दुई करोड ७० लाख विनियोजन भएको छ । सो बाहेक बाँडफाँड वडागत पुँजीगत र चालु खर्च चार करोड तीन लाख ५० हजार गाँउपलिकास्तरीय बजेट ११ करोड ५५ लाख ४४ हजार सात सय २८ रूपैंया पि.डब्ल्यु.टि खानेपानी साझेदारी योजनाको लागि १५ लाख रूपैंया विनियोजन भएको छ ।
कार्यालयले सञ्चालन तथा प्रशासनिक खर्चतर्फ सात करोड दुई लाख ८० रूपैंया, कृषि तथा पशुपंछी शाखाका लागि ५१ लाख वन वतावरण तथा विविध विपद् व्यवस्थापनका लागि ३५ लाख स्वास्थ्य शाखा तथा आयुर्वेद शाखा तर्फ ५८ लाख शिक्षा युवा तथा खेलकुदको लागि ४९ लाख रोजगार कार्यक्रमका लागि ५४ लाख ७२ हजार महिला बालबालिका अपाङ्ग तथा ज्येष्ठ नागरिकको लागि १३ लाख ७० हजार रूपैंया विनियोजन भएको छ ।
गाउँपालिकामा पेश भएका नीति तथा कार्यक्रम, बजेट साथै विभिन्न समितिका प्रतिवेदनउपर असार १० गतेको बैठकमा छलफल हुने गरी अर्को बैठक डाकेको बैठकका सचिव एवम् गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काफ्ले जानकारी दिनुभएको छ ।
नीति बजेट तथा कार्यक्रम प्रस्तुतीकरणका कार्यक्रममा वडा अध्यक्ष, कार्यक्रमका सदस्य, वडा सदस्य एवम् गाँउपलिकाका शाखा प्रमुख लगायतको सहभागिता थियो ।

प्रकाशित मिति २०८२ असार ९, सोमबार १५:२० गते
हजुरको प्रतिक्रिया