लमजुङमा बालबालिकाहरूको समृद्धिका बारेमा रणनीतिक योजना तय गर्न दुई दिने कार्यशाला सुरु : फोटो फिचार सहित

लमजुङमा बालबालिकाहरूको समृद्धिका बारेमा रणनीतिक योजना तय गर्न दुई दिने कार्यशाला सुरु : फोटो फिचार सहित

अपूर्वराज अधिकारी 

@antaranganews

२०८२ असार १७ गते मङ्गलबार १०:३०

पहिचान भएको ती समस्या समाधानका लागि आउँदो तीन वर्ष शिक्षा परियोजनामार्फत वल्र्डभिजन इन्टरनेशनलले आरसिडिसिलाई सहयोग गर्ने भएको छ ।

वर्ल्डभिजन इन्टरनेशनलका PDWD(निर्देशन) ज्याकोबोसको सहभागिताले कार्यशालाको गरिमा एवम् महत्व झल्कन्थ्यो ।

बेसीशहर– लमजुङमा बालबालिकाहरूको समृद्धिका बारेमा रणनीतिक योजना तय गर्न दुई दिने परामर्श तथा कार्यशाला सुरु गरिएको छ । जिल्लाको पुरानो र बालबालिकाका क्षेत्रमा सन् २००२ देखि जिल्लामा काम गरिआएको क्रियाशील संस्था आरसिसिडि लमजुङको आयोजना तथा वर्ल्डभिजन इन्टरनेशनलको आर्थिक सहयोगमा असार १७ गते सो कार्यशाला गरिएको हो ।
पहिलो दिन कार्यक्रममा सरोकारवाला सबै क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो । जसमा बालसञ्जाल, धार्मिक सञ्जाल, शिक्षकहरू, अभिभावकहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूका साथमा जनप्रतिनिधिहरू र पत्रकारहरूको समेत सहभागिता रहेको थियो । त्यतिमात्र हैन विदेशबाट समेत वर्ल्डभिजन इन्टरनेशनलका PDWD(निर्देशन)ं ज्याकोबोसको सहभागिताले कार्यशालाको गरिमा एवम् महत्व झल्कन्थ्यो ।
जिविकोपार्जन संयोजक निता पुलामीले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको सो अवसरमा आरसिडिसि लमजुङका संयोजक सुकराव गुरुङले आरसिडिसिले यसअघि अर्थात सन् २००२ देखि २०२५ सम्म गरेका काम र उपलब्धिका बारेमा संक्षिप्त प्रस्तुति गरिएको थियो ।
सो अवसरमा आरसिडिसिका संस्थापक अध्यक्ष राजेन्द्र बोहराले स्वागत मन्तव्य व्यक्त गर्र्दै यो बसाईले लमजुङका बालबालिका लागि आउँदो पाँच वर्षमा के कस्तो स्थितिमा पुर्याउने भन्ने रणनीति तथा कार्ययोजनाको तर्जुमा गर्न सघाउने विश्वास गरिएको उल्लेख गर्नु भएको थियो ।
सो अवसरमा यसअघि तीन दिनसम्म तीन पालिकामा गएर बालबालिका, शिक्षक तथा समुदाय एवम् अभिभावकका बीचमा कुराकानी गरी समस्याको पहिचान गरिएको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । जसमा बालबाविबाह, लागू औषध, जङ्कफुड, बलश्रम आदि साझा समस्याका रुपमा तीन वटै पालिकाका चारै समूहबाट व्यक्त गरिएको जानकारी दिइएको थियो ।
त्यस्तै, आरसिडिसिको सहयोगमा थालिएका कामको उपलब्धिलाई भोलिका दिनमा आरसिडिसि लमजुङबाट फर्कदै गर्दा अपनत्व ग्रहण गर्ने र दीर्घकालीन रुपमा स्थायित्व के कसरी दिन सकिन्छ भन्ने उपायको समेत खोजी गरिने जानकारी दिइएको थियो । जुन कार्य भोलिको कार्यक्रममा गरिने छ ।
यसैगरी, आरसिडिसीका संयोजक सरिता गुरुङले बालबालिकाहरूका समस्याहरूको उठान गर्नु भएको थियो । त्यस्तै समस्याहरूको पहिचान गरी समाधानका उपाय खोज्नका लागि आरसिडिसिको सिंगो टिमले सहभागीहरूलाई सहयोग गरेको थियो ।
सहभागीहरूलाई तीन समूहमा विभागजन गरी बालबालिकाका समस्या पहिचान गरी तीमध्ये मुख्य एक समस्यामा केन्द्रीत रही त्यसको समाधानका लागि उपायको खोजी गर्न लगाइएको थियो ।
तीन विषय दिएर स्वस्फूर्त रुपमा रुचि भएको विषयगत समूहमा बसेर समस्याको पहिचान गरी समाधानका उपाय खोज्न भनिएको थियो ।
पहिचान गरिएका समस्याहरूमा बालबालिकामा सिकाईको स्तर कमजोर रहेको, बालबालिकाले विभिन्न प्रकारका हिंसा अर्थात विभेद भोगिरहेका छन् र बालबालिकाहरू कुपोशिषत छन् भन्ने रहेका थिए ।
ती समस्यालाई समाधानका उपायको खोजीका लागि पनि समूहलाई नै छलफलमार्फत किटान गर्न लगाई प्राप्त सुझावहरू संकलन गरिएको थियो ।
पहिचान भएको ती समस्या समाधानका लागि आउँदो तीन वर्ष शिक्षा परियोजनामार्फत वल्र्डभिजन इन्टरनेशनलले आरसिडिसिलाई सहयोग गर्ने भएको छ ।
उक्त कार्यक्रमको सञ्चालन आरसिडिसिका बेसीशहर नगरका संयोजक सोभित थापाले गर्नु भएको थियो । उहाँका अनुसार सो कार्यक्रमबाट बाल समृद्धिका बाधक तत्वको पहिचान गरी प्राथमिकीकरण गरी भावि रणनीति तय गरिने छ ।

प्रकाशित मिति २०८२ असार १७, मंगलवार २२:३० गते
हजुरको प्रतिक्रिया