हस्ताक्षर संकलन आज बेसीशहरको सहजीबाट : हिजो संकलनको फोटो फिचर

हस्ताक्षर संकलन आज बेसीशहरको सहजीबाट : हिजो संकलनको फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन ८ गते बिहिबार १०:०९

हिजो साउन ७ गतेका दिन बेसीशहर नगरपालिका– ८ को सेराकुनाबाट थालिएको सो अभियान सेरा चोकसहितका विभिन्न स्थान भीमसेनस्थान चोक, पुरानो बैंक चोक हुँदै मनाङे चौतारामा पुगेर समापन भएको थियो ।

आज साउन ८ गते जिल्ला सदरमुकाम बेसीशहर– ७ को सहजी टोलबाट विहान १०ः३० बजे थालिने भएको हो ।

लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेउपर सरकारले साधी रहेको राजनीतिक प्रतिशोधका विरुद्ध रविका पक्षमा लमजुङमा थालिएको हस्ताक्षर अभियान आज पनि जारी रहने भएको छ । आज साउन ८ गते जिल्ला सदरमुकाम बेसीशहर– ७ को सहजी टोलबाट विहान १०ः३० बजे थालिने भएको हो ।
उक्त हस्ताक्षर संकलन अभियान रास्वपाको बेसीशहर नगर समितिको नेतृत्वमा सञ्चालन भइरहेको नगर सभापति कृष्ण राउतले जानकारी दिनु भयो । उहाँका अनुसार बजार क्षेत्रमा माइकिङका साथ चोकचोकमा स्टल राखेर हस्ताक्षर संकलन कार्य भएको छ भने अन्य वडामा वडासमिति परिचालन गरिएको छ । आवश्यक पर्दा नगर समिति र जिल्ला समितिबाट पनि वडामा सहयोग गर्ने कार्यक्रम रहेको राउतले जानकारी दिनुभयो । हिजो ५९४ जनाको हस्ताक्षर संकलन भएको राउतको भनाइ छ ।
उहाँले भन्नुभयो, हिजो साउन ७ गतेका दिन बेसीशहर नगरपालिका– ८ को सेराकुनाबाट थालिएको सो अभियान सेरा चोकसहितका विभिन्न स्थान, झ्याङ खोला, पुस्ताकालय चोक, नारायण स्थान चोक, भीमसेनस्थान चोक, उद्योग वाणिज्य संघ चोक, त्रिवेणी टोल, पुरानो बैंक चोक, हाइस्कूल चोक हुँदै मनाङे चौतारामा पुगेर समापन भएको थियो । प्रस्तुत छ उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८२ श्रावण ८, बिहीबार १०:०९ गते
हजुरको प्रतिक्रिया