प्याव्सनको चरणबद्ध आन्दोलल जारी जिल्ला सदरमुकाम बेसीशहरमा खवरदारी सभा

प्याव्सनको चरणबद्ध आन्दोलल जारी जिल्ला सदरमुकाम बेसीशहरमा खवरदारी सभा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ १९ गते बिहिबार ०७:५५

प्याव्सन लमजुङले जिल्लामा स्थानीय तहहरू, प्रशासन, जिल्ला सममन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा विकास समन्वय इकाईलगायतका निकायमा ज्ञापनपत्र बुझाएको प्याव्सनले विरोध स्वरुप बस र्याली, प्रशासनको कार्यालय सामु कोणसभा लगायतका कार्यक्रम गरिसकेको छ ।

प्याव्सनले संसदमा विचाराधीन शिक्षा विधेयकका केही बुँदाप्रति आपत्ति जनाउँदै सच्चाउनु पर्ने सुझावसहित देशव्यापी रुपमा आन्दोलन गर्दै आएका छन् ।

बेसीशहर(लमजुङ)– जारी हुन तयार गर्दै गरिएको शिक्षा विधेयकका केही बुँदामा आपत्ति जनाउँदै आएको निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याव्सन)ले थालेको चरणबद्ध आन्दोलन जारी रहेको छ । सो क्रममा लमजुङको जिल्ला सदरमुकाम यहाँको भिमसेनस्थान चोकमा प्याव्सन लमजुङले भदौ १८ गते खवरदारी सभा गरेको हो ।
प्याव्सन लमजुङका अध्यक्ष इश्वर पौडेलको अध्यक्षतामा भएको सो खवरदारी सभामा उहाँले आन्दोलनको आवश्यकता र औचित्यका बारेमा जानकारी दिनु भएको थियो । उहाँले निजी विद्यालयलाई विस्तारै बन्द गराउने र डुबाउने नियतले विभिन्न नीति तथा कार्यक्रम ल्याइरहेको उल्लेख गर्दै निजी विद्यालयलाई गैरनाफामूलक बनाउनतर्फ धकेल्ने खालको ऐन सरकारले ल्याउन खोजिरहेकोले त्यो मान्य नहुने बताउनु भयो । उहाँले प्याब्सनले राखेका मागको औचित्य प्रष्ट्याउनु भएको थियो ।
चरणबद्ध आन्दोलन गर्दै आएको प्याव्सनले शिक्षा विधयेकका केही बुँदाप्रति असहमती जनाउदै देशव्यापी रुपमा चार सुत्रीय मागसहित विरोधका कार्यक्रम गर्दै आएको छ ।
आन्दोलनको पहिलो चरणमा प्याव्सन लमजुङका अध्यक्ष इश्वर पौडेलको नेतृत्वमा जिल्ला उपाध्यक्ष विमल अधिकारी, प्रमुख सल्लाहकार एवम् निवर्तमान अध्यक्ष मेनबहादुर घले, जिल्ला सचिव विनोद गुरुङ तथा सदस्यहरू उद्धव घिमिरे, किरण श्रेष्ठ, सन्जु पौडेल, सागर चुडाल सहितको टोलिले जिल्ला समन्वय प्रमुख पुर्णबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेल, शिक्षा विकास समन्वय इकाईलाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा अहिले निजी विद्यालयहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने माग गरिएको छ । निजी विद्यालयहरूले विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई भर्ना शुल्क, वार्षिक शुल्क मासिक शुल्कमा छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन् । प्याव्सनले ‘छात्रवृत्तिअन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने’ माग गरेको छ ।
प्याव्सनले ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्दप्रतिसमते आपत्ति व्यक्त गरेको छ । संस्थागत विद्यालयप्रति पूर्वाग्रही ढङ्गले आएको आरोप लगाउदै प्याव्सनले सो शब्दले निजी विद्यालयहरूले बर्षेनी उपलब्ध गराउँदै आएको ठूलो रकम बराबरको छात्रवृत्तिको अवमूल्यन भएको दावी पनि गरिएको छ ।
प्याव्सनले संसदमा विचाराधीन शिक्षा विधेयकका केही बुँदाप्रति आपत्ति जनाउँदै सच्चाउनु पर्ने सुझावसहित देशव्यापी रुपमा आन्दोलन गर्दै आएका छन् । विद्यालय शिक्षा सम्वन्धी कानुनलाई र एकीकरण गर्न बनेको विधेयकमा राखिएका कानुनी विषयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ज्ञापनपत्र मार्फत ‘निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाइनेछ’ भन्ने वाक्यांश आफैँमा विरोधाभाषपूर्ण भएकाले उक्त बाक्यशं हटाउन प्याव्सनले माग ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
यसैगरी, प्याव्सन लमजुङले जिल्लामा स्थानीय तहहरू, प्रशासन, जिल्ला सममन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा विकास समन्वय इकाईलगायतका निकायमा ज्ञापनपत्र बुझाएको प्याव्सनले विरोध स्वरुप बस र्याली, प्रशासनको कार्यालय सामु कोणसभा लगायतका कार्यक्रम गरिसकेको छ ।
सम्पन्न कोणसभामा केन्द्रीय सदस्य तारनाथ घिमिरे, प्याव्सन लमजुङका उपाध्यक्ष विमल अधिकरी र विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरू लगायतको सहभागिता रहेको थियो भने उक्त कार्यक्रमकोे सञ्चालन प्याव्सनका सचिव विनोद गुरुङले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८२ भाद्र १९, बिहीबार ०७:५५ गते
हजुरको प्रतिक्रिया