राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा विपदमा जोगिन सावधान रहन आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा विपदमा जोगिन सावधान रहन आग्रह

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज १८ गते शनिवार ०१:४९

पार्टीले विपद् न्यूनीकरण र राहतका कार्यक्रमहरूमा समन्वय गरी आपत्कालीन सहयोगका लागि तयार रहन निर्देशन दिएको छ ।

रास्वपा पार्टीले नागरिकलाई अविरल वर्षा र मनसुनजन्य विपदबाट बच्न उच्च सजगता अपनाउन आग्रह गरेको छ ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकभर भइरहेको अविरल वर्षा र त्यसबाट उत्पन्न मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राखी आम नागरिकलाई उच्च सावधान रहन आग्रह गरेको छ । पार्टीका केन्द्रीय समितिका सभापति डोलप्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै असोज १८ गते बताउनु भएको हो ।
विज्ञप्तिमा पार्टी संरचनालाई सक्रिय बनाउन आग्रह गर्दै विपद्को बेला मानव सेवा र सहयोगमा जुट्नु सबैको कर्तव्य हो भन्दै रास्वपाले केन्द्रीय, प्रादेशिक, जिल्ला र पालिका तहसम्मका द्रुत कार्य समूह (च्बउष्म ब्अतष्यल त्भबm) सहित पार्टीका सम्पूर्ण तह, विभाग, सदस्य तथा शुभेच्छुकहरूलाई विपद्को न्यूनीकरण, क्षति न्यूनीकरण, राहत वितरण र अन्य मानवीय सहयोगका कार्यक्रमहरूमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी आपत्कालीन सहयोगका लागि तयार रहन निर्देशन दिएको छ ।
सो विज्ञप्तिमा जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका केही क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको र यसबाट बाढी, पहिरो, र डुबानजस्ता विपद्का घटना बढ्न सक्ने चेतावनी दिइएको स्मरण गराइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विपद्बाट हुनसक्ने जनधनको क्षतिबाट जोगिनका लागि सबै नागरिकले सरकारी तथा स्थानीय निकायहरूले जारी गरेका सूचना र निर्देशनहरूको पालना गर्नुपर्छ ।’
साथै सुरक्षित स्थानमा रहन आग्रह गर्दै नदी/खोला क्षेत्र वरपरका बासिन्दा तथा जोखिमयुक्त स्थल मार्गमा यात्रा गर्ने सम्पूर्ण यात्रीहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ ।
सो अपिलको छायाप्रति जस्तोको तस्तै :

प्रकाशित मिति २०८२ आश्विन १८, शनिबार १३:४९ गते
हजुरको प्रतिक्रिया