स्व. देवबहादुर के.सी. स्मृति ग्रन्थ लोकार्पण

स्व. देवबहादुर के.सी. स्मृति ग्रन्थ लोकार्पण

वंशी शर्मा

@antaranganews

२०८२ माघ १२ गते सोमबार ०६:३८

देवबहादुर के.सी.जस्ता राष्ट्रवादी पात्रहरूको जीवन र योगदान खोजी गरी लिपिबद्ध गर्नु प्रशंसनीय कार्य भएको कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको थियो । 

प्रमुख अतिथि गिरीले समाज रूपान्तरणमा स्व. के.सी.ले पुर्याउनु भएको योगदान स्मरण गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितका लागि गरिएको उहाँको संघर्ष भावी पुस्ताका लागि महत्वपूर्ण पाठ हुने उल्लेख गर्नुभयो ।

तुलसीपुर(दाङ)— स्वर्गीय देवबहादुर के.सी. स्मृति ग्रन्थको लोकार्पण गरिएको छ । राजनीतिज्ञ तथा समाजसेवी स्वर्गीय देवबहादुर के.सी.को जीवन, विचार र योगदानलाई समेटेर तयार गरिएको देवबहादुर के.सी. स्मृति ग्रन्थको यहाँ आयोजित एक कार्यक्रमबीच माघ ८ गते लोकार्पण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान, तुलसीपुरको प्रकाशन तथा के.सी. परिवार, तुलसीपुर– ७ टिक्रापातुको आयोजनामा स्मृति ग्रन्थको लोकार्पण गर्नुभएको हो ।
गिरीले ग्रन्थ लोकार्पण मन्तव्यका क्रममा आजको राजनीतिमा निष्ठा, आदर्श र जनसेवामुखी सोचको खडेरी देखिएको उल्लेख गर्दै स्व. देवबहादुर के.सी.जस्ता निष्ठावान् राजनीतिज्ञको आवश्यकता अझ बढ्दै गएको बताउनुभयो । उहाँले युवा पुस्तामा आदर्श राजनीतिक मूल्य हस्तान्तरण गर्न अग्रजहरूको योगदानको अभिलेखन र पुस्तान्तरण अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । स्व. के.सी.जस्ता राष्ट्रवादी र निःस्वार्थ व्यक्तित्वको जीवन र योगदान खोजी गरी लिपिबद्ध गर्नु प्रशंसनीय कार्य भएको उहाँको भनाइ थियो ।
प्रमुख अतिथि गिरीले समाज रूपान्तरणमा स्व. के.सी.ले पुर्याउनु भएको योगदान स्मरण गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितका लागि गरिएको उहाँको संघर्ष भावी पुस्ताका लागि महत्वपूर्ण पाठ हुने उल्लेख गर्नुभयो । समाज रूपान्तरणमा स्व. के.सी.ले पुर्याएको योगदान स्मरण गर्दै देशभक्त र निःस्वार्थ व्यक्तित्व राष्ट्रमा विरलै जन्मिने प्रमुख अतिथि गिरीले बताउनुभयो । स्व. के.सी.ले व्यक्तिगत स्वार्थका लागि नभई जनताको हितका लागि गरेको योगदान भावी पुस्ताका लागि महत्वपूर्ण सिकाइ भएको उहाँको धारणा थियो । 
कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुर बजार निर्माण र समग्र विकासमा स्व. के.सी.को योगदानको प्रशंसा गर्नुभयो । उहाँले यस क्षेत्रको विकासमा के.सी.ले खेलेको भूमिकाका कारण यहाँका जनताले सधैं स्मरण गर्ने बताउनुभयो । देवबहादुर के.सी.जस्ता राष्ट्रवादी पात्रहरूको जीवन र योगदान खोजी गरी लिपिबद्ध गर्नु प्रशंसनीय कार्य भएको खडकाको भनाइ थियो ।
सम्पन्न कार्यक्रमका वक्ताहरूले स्व. देवबहादुर के.सी.ले समाज, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै स्मृति ग्रन्थले भावी पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए । ग्रन्थमार्फत उहाँको जीवन, विचार र योगदानलाई दस्तावेजीकरण गरिएको बताइएको छ ।
सो अवसरमा साहित्यकार, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रम स्मृति ग्रन्थ प्रकाशन समिति संरक्षक डिल्लीबहादुर के.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो । स्व. देवबहादुर के.सी.को जीवनीबारे स्मृति ग्रन्थ प्रकाशन समितिका संयोजक नवराज रजौरेले प्रकाश पार्नुभएको थियो । रजौरेकै स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समितिका सचिव नारायणप्रसाद शर्मा गौतमले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८२ माघ १२, सोमबार ०६:३८ गते
हजुरको प्रतिक्रिया