वडा समिति नै नभएको र प्रचारमा पनि नगएको बेसीशहर– ४ र ५ मा पनि रास्वपाले सन्तोषजनक मत पायो

वडा समिति नै नभएको र प्रचारमा पनि नगएको बेसीशहर– ४ र ५ मा पनि रास्वपाले सन्तोषजनक मत पायो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २२ गते शनिवार ०१:२८

एमालेका पृथ्वीसुब्बा गुरूङले काँग्रेसका गमप्रसादभन्दा उहाँ २०६ मतले पछि हुनुहुन्छ .भने गमप्रसाद गुरुङ रास्वपाका धर्म केसीभन्दा १३ हजार ४४१ मतले पछि हुनुहुन्छ ।

मत गणनाको अन्तिम नतिजा आजै मध्यान्ह दिउँसो ३ बजेको आसपासमा आउने अपेक्षा गरिएको छ ।

बेसीशहर– लमजुङमा फागुन २१ गते भएको मतदानको मतगणना कार्य अन्तिम चरणतिर प्रवेश गरेको छ । यो क्रममा जिल्ला सदरमुका रहेको बेसीशहर नगरपालिका– ४ र ५ नंबरमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सन्तोषजनक मत पाएको छ । भलै ती वडा नेपाली काँग्रेसले लिड गरेको किन नहोस् । यतिबेला वडानं– ६ को मत गणना कार्य जारी रहेको छ ।
घोषित निर्वाचन परिणाम अनुसार बेसीशहर नगरपालिका– ४ मा पुरानकोट र वडानं– ५ नाल्मा गाउँ पर्दछन् । प्राप्त मत गणना परिणाम अनुसार वडानं– ४ मा घण्टीमा १४५, सूर्यमा १८४, रुखमा २१५ मत प्राप्त भएको छ । त्यस्तै, वडानं– ५ को घोषित मत परिणाम अनुसार घण्टीमा २१२, सूर्यमा १७८ र रुखमा मात्र ३७० मत परेको छ भने तारामा १२ मत परेको छ ।
ती दुवै वडामा निकट भविष्यमै पार्टीको वडा समिति गठन गर्ने रास्वपाको बेसीशहर नगर समितिले जनाएको छ ।
हालसम्मको जिल्लाभरको अपडेट : झण्डै साढे १३ हजार मत अन्तरले धर्म केसी अघि
यसैबीच, यस जिल्लामा जारी मत गणनाको पछिल्लो अपडेट नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का धर्म केसी झण्डै साढे १३ हजार मतको अन्तरले आग्रस्थानमा रहनु भएको छ । केसीकापछि कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ हुनुहुन्छ भने एमालेका उपाध्यक्ष एवम् निवर्तमान सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ तेस्रोमा कायमै रहनु भएको छ ।
प्राप्त पछिल्लो नतिजा अनुसार रास्वपाका धर्मराज केसीले २८ हजार ४६४ मत पाउनु भएको छ । काँग्रेसका गमप्रसाद गुरूङले १५ हजार २३ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने एमालेका पृथ्वीसुब्बा गुरूङले १४ हजार ८१७ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । काँग्रेसका गमप्रसादभन्दा उहाँ २०६ मतले पछि हुनुहुन्छ । गमप्रसाद गुरुङ भन्दा धर्म केसी १३ हजार ४४१ मतले अघि हुनुहुन्छ ।
नेकपाका हरिजंग तामाङले तीन हजार ४२ मत पाउनु भएको छ ।
कुल ६५ हजार ६१८ मत गणना हुँदा दुई हजार १८० मत बदर भएको छ । यसले मतदाता शिक्षाको औचित्यमा प्रश्न उठाएको छ कि अनुभवी भनिने थोत्रा मानिसबाट दिइने त्यो शिक्षाको अर्थ प्रायः समाप्त भएको देखिन आएको छ ।
यसैगरी, राप्रपाले ८९४ मत पाएको छ भने श्रम संस्कृति पार्टीले ५१८ मत पाएको स्थिति छ । मंगोल नेसनल अर्गनाइजेसनले ३२६ मत, नेकपा(माओवादी)ले १३८ मत, स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले ११७ मत, जनादेश पार्टी नेपालले ५१ मत र नेमकिपाले ११ मत पाएका छन् ।
लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता थिए । १ सय ३० मतदानस्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्रमा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । अब नौ हजार ४०७ मत गणना गर्न बाँकी छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा जारी रहेको छ । मत गणनाको अन्तिम नतिजा आजै मध्यान्ह दिउँसो ३ बजेको आसपासमा आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २०८२ फाल्गुन २३, शनिबार १३:२८ गते
हजुरको प्रतिक्रिया