दुराडाँडामा रास्वपाको वडा समितिले पायो पूर्णता

दुराडाँडामा रास्वपाको वडा समितिले पायो पूर्णता

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २५ गते मङ्गलबार १०:२५

तदर्थ समितिको सभापतिमा देवीजङ दुरा, उपसभापतिमा विष्णुभक्त न्यौपाने, सचिवमा रामबहादुर भुजेल चयन हुनु भएको छ । यसैगरी, समितिको कोषाध्यक्षमा यममाया विक, सहसचिव सुशील परियार हुनुहुन्छ ।

समितिले पूर्णता पाएसँगै सभापति दुराले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो ।

दुराडाँडा(लमजुङ)– लमजुङको ऐतिहासिक थलो दुराडाँडामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वडा समितिलाई पूर्णता पाएको छ । सुन्दरबजार नगरपालिका– ३ मा गठित तदर्थ समितिका संयोजक देवीजङ दुराको अध्यक्षतामा बसेको वडास्तरीय विस्तारित बैठकले सो समितिलाई फागुन २४ गते पूर्णता दिएको हो ।
तदर्थ समितिको सभापतिमा देवीजङ दुरा, उपसभापतिमा विष्णुभक्त न्यौपाने, सचिवमा रामबहादुर भुजेल चयन हुनु भएको छ । यसैगरी, समितिको कोषाध्यक्षमा यममाया विक, सहसचिव सुशील परियार हुनुहुन्छ ।
यसैगरी, समितिको सदस्यमा रुपेशराज दुरा, विष्णराज न्यौपाने, मनोज न्यौपाने, दीक्षा क्षेत्री, शंकर विक रहनु भएको छ ।
समितिले पूर्णता पाएसँगै सभापति दुराले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो भेलाको सञ्चालन विष्णुभक्त न्यौपानेले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ फाल्गुन २६, मंगलवार १०:२५ गते
हजुरको प्रतिक्रिया