तीन दिने किचन गार्डेन, खानपान तथा भान्सा सुधार तालिमको समापन

तीन दिने किचन गार्डेन, खानपान तथा भान्सा सुधार तालिमको समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत २३ गते मङ्गलबार ०८:५५

नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले कार्यक्रमका बारेमा जानकारी दिँदै यस्ता तालिमहरूले समुदायमा सरसफाइ, पोषण, स्वास्थ्य तथा आत्मनिर्भरता विकासमा सकारात्मक योगदान पुर्याउने बताउनुभएको थियो ।

उक्त तालिम कार्यक्रमलाई HDCS– नमुना सामुदायिक अस्पताल STEP UP & SCALE UP, लमजुङले प्राविधिक सहयोग गरेको थियो ।

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिका– ७ स्थित सुन्दरबजार सामुदायिक सिकाई केन्द्रको आयोजना गरिएको तीन दिने किचन गार्डेन, खानपान तथा भान्सा सुधार सचेतना तालिमको समापन भएको छ । उक्त तालिम चैत २४ गते समापन भएको हो ।
तालिमका सहभागीहरूलाई नमुना सामुदायिक अस्पतालमा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिनुका साथै व्यावहारिक अभ्यास पनि गराइएको थियो । तालिममा अर्गानिक तरकारी उत्पादन, पोषणयुक्त खानपान, झोल मल, कम्पोस्ट मल, नर्सरी व्यवस्थापन तथा व्यवहारिक भान्सा सुधार सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । तालिमका प्रशिक्षकहरू निशा प्रजा, सुलोचना ठकुरी र शोभा ठकुरीको सक्रिय पूर्वक भाग लिनु भएको थियो ।
चैत २२ गते सुरु भएको तालिमको समापनमा सुन्दरबजार नगरपालिका मेयर कृष्णप्रसाद कोइराला प्रमुख आतिथ्यता रहेको थियो । सुन्दरबजार सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रामकृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सो केन्द्रका सचिव रश्मी पौडेलले गर्नुभएको थियो ।
नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले कार्यक्रमका बारेमा जानकारी दिँदै यस्ता तालिमहरूले समुदायमा सरसफाइ, पोषण, स्वास्थ्य तथा आत्मनिर्भरता विकासमा सकारात्मक योगदान पुर्याउने बताउनुभएको थियो ।
उक्त तालिम कार्यक्रमलाई HDCS– नमुना सामुदायिक अस्पताल, STEP UP & SCALE UP,  लमजुङले प्राविधिक सहयोग गरेको थियो ।

प्रकाशित मिति २०८२ चैत्र २४, मंगलवार २०:५५ गते
हजुरको प्रतिक्रिया