
काठमाडौं– नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले समय थप गरेको छ । उमेदवारहरूलाई मनोनयनमा दाबी गर्न, फिर्ता लिन वा सच्याउन समय असोज २१ गते जारी विज्ञप्तिमार्फत तोकेको हो ।
उम्मेदवारी दर्तापछि विभिन्न पदमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भएको छ । कांग्रेसको १५औँ महाधिवेशन सुरु भएको चार दिन भएको छ । निर्वाचन समितिले उमेदवारको प्रथम नामावली सार्वजनिक गरेको छ । सभापतिमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी गरी तीनजनाको उमेदवारी परेको छ । सार्वजनिक नामावलीअनुसार विभिन्न पदमा ८०९ जनाको उमेदवारी परेको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै उमेदवारको मनोनयन फिर्ता, उमेदवारीको सच्याई पाउन निवेदन र प्रकाशित नामावलीमा नाम छुटेको भए सोको दाबी गर्ने समयसीमा तोकेको हो । जसका लागि दिउँसो २ बजेसम्म तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
असोज २१ गते दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता ल्याउन तथा मतदाता नामावली सच्याउने सक्ने समय तोकिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताउनु भएको छ ।
यसअघि आज बिहान १० बजेदेखि १२ बजेसम्मका लागि तोकिएको दावी विरोध, उम्मेदवारी फिर्ता तथा विवरण सच्याउने समयलाई विस्तार गरी आजै दिउँसो २ः०० बजेसम्म पुर्याइएको जानकारी विज्ञप्तिमार्फत दिनु भएको छ ।
आज पनि बन्दसत्र सञ्चालन भइरहेको छ । बन्दसत्रबाट सभापति गगन थापाको राजनीतिक प्रतिवेदनसहित चार प्रतिवेदन पारित गर्ने तयारी छ ।
नयाँ नेतृत्व चयनका लागि भोलि २२ गते मात्रै मतदान हुने भएको छ ।

प्रकाशित मिति २०८३ आश्विन २१, बुधबार १३:३९ गते