मंगला माविका पूर्व विद्यार्थी समाजको पुनर्मिलनसहित शुभकामना आदानप्रदान

मंगला माविका पूर्व विद्यार्थी समाजको पुनर्मिलनसहित शुभकामना आदानप्रदान

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ कार्तिक ३ गते मङ्गलबार ०६:३६

समाजका गतिविधिलाई निरन्तरता दिन, संस्थालाई थप गतिशील बनाउन तथा वैधानिकता प्रदान गर्न छिट्टै समाजको भेला र अधिवेशनको तयारीमा जुट्नुपर्ने सुझावसमेत सहभागीहरूले दिएका थिए ।

कार्यक्रमले मंगला माविका पूर्व विद्यार्थीहरूबीच आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउँदै विद्यालयको विकासमा सामूहिक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सोतीपसल(लमजुङ)– मंगला माविका पूर्व विद्यार्थी समाज, मध्यनेपाल नगरपालिका– ३, सुर्यपाल, सोतीपसल, लमजुङको आयोजनामा पुनर्मिलन एवम् बडादशैं, शुभदिवावली, नेपाल संवत् लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रम मंगला माध्यमिक विद्यालयमा भएको छ । सो कार्यक्रम सोही वडाका वडाध्यक्ष केशव न्यौपाने प्रमुख आतिथ्यतामा कार्तिक ३ गते भएको हो ।
कार्यक्रममा मूल समारोहका अध्यक्ष तीर्थलाल श्रेष्ठ, मूल समारोहका सचिव तथा नेपाल सरकारका सहसचिव एवं इन्जिनियर हरिदत्त पौडेल र मंगला माविका प्रधानाध्यापक विष्णुहरि बास्तोला विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यसैगरी शिक्षक– अभिभावक सङ्घका शम्शेरबहादुर थापा र मंगला माविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बसौला अतिथि हुनु हुन्थ्यो ।
मूल समारोहका सचिव हरिदत्त पौडेलले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु हुँदै समाजका मुख्य एजेन्डाहरू प्रस्तुत गर्नुभएको थियो ।
समाजको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै सहभागीहरूले २०६४ साल कार्तिक ३ गते तदर्थ समिति गठन भई सोही दिन तत्कालीन अध्यक्ष तीर्थलाल श्रेष्ठको अध्यक्षतामा समाजको कार्यक्रम सुरु भएको बताइएको थियो । समाजको सञ्जाल विस्तार गर्ने क्रममा दमौली, पोखरा, काठमाडौं र नारायणगढमा समेत क्लस्टर गठन गरिएको जानकारी दिइएको थियो ।
कार्यक्रममा सहभागी पूर्व विद्यार्थीहरूले मंगला माविमा अध्ययन गरेका सम्पूर्ण पूर्व विद्यार्थीलाई आपसी सहकार्य, एकता र सहयात्राका लागि समाजमा आबद्ध गराउन पहल गर्नुपर्नेमा जोड दिएका थिए । साथै विद्यालयको शैक्षिक, भौतिक तथा समग्र विकास र उन्नयनका लागि समाज सधैँ तत्पर रहनुपर्ने धारणा व्यक्त गरिएको थियो ।
समाजका गतिविधिलाई निरन्तरता दिन, संस्थालाई थप गतिशील बनाउन तथा वैधानिकता प्रदान गर्न छिट्टै समाजको भेला र अधिवेशनको तयारीमा जुट्नुपर्ने सुझावसमेत सहभागीहरूले दिएका थिए ।
पूर्व विद्यार्थीबीच परिचय, अनुभव आदानप्रदान र आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रमले पुराना सहपाठीलाई पुनः जोड्ने तथा विद्यालयप्रतिको अपनत्व र जिम्मेवारी अभिवृद्धि गर्ने अवसर प्रदान गरेको सहभागीहरूको भनाइ थियो ।
मंगला माविका पूर्व विद्यार्थीहरू समाजका महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको ज्ञान, अनुभव, योगदान र सुझाव विद्यालयको वर्तमान विकास तथा भविष्यको मार्गदर्शनका लागि उपयोगी बन्न सक्ने विषयमा पनि छलफल भएको थियो ।
कार्यक्रमले मंगला माविका पूर्व विद्यार्थीहरूबीच आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउँदै विद्यालयको विकासमा सामूहिक योगदान पुर्याउने अपेक्षा गरिएको छ । साथै आगामी दिनमा समाजलाई व्यवस्थित, सक्रिय र संस्थागत रूपमा अगाडि बढाउन सबै पूर्व विद्यार्थी एकजुट हुनुपर्नेमा जोड दिइएको थियो ।
सोतीपसल क्लस्टरका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोतीपसल क्लस्टरका सदस्य तथा पूर्व शिक्षक तीर्थराज तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सोतीपसल क्लस्टरका सचिव दुवराज सोतीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा मंगला माविका पूर्व विद्यार्थी, विद्यालयसँग सम्बन्धित व्यक्तित्व तथा समाजका प्रतिनिधिहरू गरी चार दर्जन बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।
– रामकुमार श्रेष्ठ ‘फुच्चे’को सहयोगमा ।

प्रकाशित मिति २०८३ कार्तिक ४, मंगलवार १८:३६ गते
हजुरको प्रतिक्रिया