लमजुङ– जिल्ला प्रशासन कार्यालय, लमजुङद्वारा मौसम पूर्वानुमान महाशाखाका सूचना अनुसार एक अन्त्यन्त सूचना जारी गरी उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय, लमजुङले सो सूचना कार्तिक १० गते जारी गरेको हो ।जिल्ला प्रशासन कार्यालय, लमजुङका प्रशासकीय अधिकृत माधव प्रसाद वाग्लेले दस्तखत गर्नु भएको उक्त सूचनामा जिल्ला प्रशासन कार्यालय, लमजुङले मौसम पूर्वानुमान महाशाखाको कार्तिक ९ गते र १० गतेको सूचना अनुसार सो सूचना जारी गरिएको उल्लेख छ ।

CamScanner 27-10-2026 11.11
उक्त सूचनामा भनिएको छ, ‘नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा रहेको ‘अर्णव’ नामक चक्रवातको कारण उत्पन्न हुने शक्तिशाली चक्रवात प्रणालीको प्रभावले कार्तिक १२, १३ र १४ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्मको क्षेत्रमा धेरै स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरी सहित भारी बर्षाको सम्भावना भएको हुँदा धानबाली भित्र्याउने लगायतका कृषि कार्य कार्तिक १२ गते अगावै गर्नुहुन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमापात, हिम आँधि तथा हिम पहिरोको पनि जोखिम भएको हुँदा उच्च सतर्कता अपनाउनु हुन तथा पर्यटकहरू उच्च हिमाली भूभागमा नजानु हुन, जोखिमयुक्त स्थान, नदी किनार र सडक छेउछाउमा बाढी पहिरोको उच्च सम्भावना भएको हुँदा, आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्वतयारी गर्नुहुन सवै सर्वसाधारण र सरोकारवाला निकायहरूमा अनुरोध गर्दै यो सूचना प्रकाशित गरिन्छ ।’
सा सूचनाका साथमा महाशाखाको सूचना समेत संलग्न राखिएको छ ।
फोटो : गुगल एजेन्सी ।
प्रकाशित मिति २०८३ कार्तिक ११, मंगलवार २०:१३ गते