कोइरालाफाँटमा जारी रनिङ्ग शिल्ड पुरुष/महिला फुटबल प्रतियोगितामा पुरुषतर्फ दोस्रो चरणका तीन खेल सम्पन्न

कोइरालाफाँटमा जारी रनिङ्ग शिल्ड पुरुष/महिला फुटबल प्रतियोगितामा पुरुषतर्फ दोस्रो चरणका तीन खेल सम्पन्न

विराट न्यौपाने

@antaranganews

२०७९ फाल्गुण ५ गते शुक्रबार ०५:४३

दोस्रो चरणको पहिलो खेलमा नाइन स्टारले आत्मघाती गोल गरेर पनि १–४ को गोल अन्तरमा सहज जित निकाल्दै ए पोलबाट क्वाटर फाइनल चरणमा प्रवेश गरेको छ । यसअघि लगातार दुई वर्षका खेलमा शिल्ड हत्याएको सो क्लबले यस पटक ह्याट्रिक गर्ने आंकलन गरिएको छ ।

सेभेन साइडको उक्त प्रतियोगितामा पुरुषतर्फ ३० र महिलातर्फ छ टिम सहभागी छन् ।

दुराडाँडा– लमजुङको कोइरालाफाँटमा सञ्चालन गरिएको १३ औं खुल्ला पुरुष तथा तेस्रो खुल्ला महिला रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता जारी रहेको छ । सो प्रतियोगिता अन्तर्गत फागुन ३ गते तेस्रो दिन पुरुषतर्फको दोस्रो चरणका ३ खेल सम्पन्न भए ।
कोइरालाफाँट युवा क्लबको आयोजनामा आफ्नै खेल मैदानमा सञ्चालित सो प्रतियोतिामा पुरुषतर्फ पहिलो खेल सम्पन्न गरी आजै दोस्रो चरणका ३ खेल भएका हुन् । दोस्रो चरणको पहिलो खेलमा साबिक बिजेता नाइनस्टार र करापु युवा क्लब करापुटारले सामना गरेको थियो । उक्त खेलको शुरुवाती चरणको केही मिनेटमै नाइन स्टारले आत्माघाति गोल गरेर करापुटार १ गोलले अगाडि बढ्यो । तर त्यसको केही मिनेटमा करापुटारको पोस्टमा नाइनस्टारका जर्सी नं १० का खेलाडीले गोल गर्न सफल भए र खेल बराबरीमा पुर्याए । यस्तैमा पहिलो हाफको समय सकिएको थियो ।
पहिलो हाफमा उत्कृष्ठ प्रदर्शन गरेको करापुटार भने दोस्रो हाफमा निकै कमजोर देखिन पुग्यो जसको फाइदा उठाउँदै दोस्रो हाफमा नाइन स्टारका जर्सी न १० कै खेलाडीले २ र जर्सी नम्बर ७ का खेलाडीले १ गोल गर्न सफल भए । यस प्रकार १–४ को गोल अन्तरमा सहज जित निकाल्दै नाइन स्टार क्लब ए पोलबाट क्वाटर फाइनल चरणमा प्रवेश गरेको छ । यसअघि लगातार दुई वर्षका खेलमा शिल्ड हत्याएको नाइन स्टारले यस पटक ह्याट्रिक गर्ने आंकलन छ ।
आजको खेलामा ह्याट्रिक गर्न सफल रहेका नाइन स्टारका १० न जर्सीका खेलाडी पहिलो हुन सफल भए । यस पटकपनि उत्कृष्ट खेल खेल्दै शिल्ड पचाउन नाइन स्टार लागि परेको आम बुझाई छ ।
त्यस्तै दोस्रो खेलमा आयोजक ‘बि’ टिमसंग युथ पावर लमजुङका बीचमा प्रतिस्पर्धा भएको थियो । पहिलो हाफमा युथ पावरका जर्सी नं २३ का खेलाडीले गोल गरेर आफ्नो टिमलाई अगाडि बढाए । दोस्रो हाफमा खेलमा फर्किएर आयोजक ‘बि’ टिमका जर्सी न ७ का खेलाडीले २ गोल गरि युथ पावरलाई दोस्रो चरणबाट घर पठाएको छ । यो संगै १– २ को गोल अन्तरणले जित निकाल्दै आयोजक ‘बि’ टिम ‘बि’ पोलबाट क्वाटरफाईनल प्रबेश गरेको आयोजकको भनाई छ ।
आजै भएको दोस्रो चरणको तेस्रो खेलमा मानेचौका युवा क्लब तनहुँले मनकामना युवा क्लब लामिखेतसंग आमुने सामुन्ने हुनु परेको थियो । पहिले हाफको अन्त्यतिर मानेचौकाका जर्सी नं ८ का खेलाडीले गोल गरी आफ्नो टिमलाई अघि बढाए । पहिलो हाफ पछि गोल किप्पर परिवर्तन गरी खेलमा फर्किएको मनकामनाको पोस्टमा मानेचौकाका जर्सी नं ११ का खेलाडीले प्रहार गरेको बलले जाली चुम्न सफल भयो र मनकामना २ गोलले पछि पर्याे ।

त्यसको केही मिनेटमा नै मनकामनाका जर्सी न ७ र १३ का खेलाडीले थप १÷१ गोल गर्न सफल भए । यसरी खेललाई बराबरीमा पुर्याएका थिए । २–२ गोलको बराबरीमा खेल समाप्त भएपछि फिफा रेफ्रि सुमन घिमिरेले सोझै खेल पेनाल्टी सुट आउटमा लगेका थिए । पेनाल्टी सुट आउटमा पहिलो अवसरमा १/१ गोल गर्दै दुबै टिमले सुरक्षित गरेका थिए । त्यसपछिका २ अबसरमा मानेचौका चुक्दा लगातार सबै अबसर सुरक्षित गरेको मनकामना २– ४ को गोल अन्तर पार्दै ए पोलबाट क्वाटर फाइनलको यात्रा सुरक्षित गर्न सफल भएको छ ।
आज फागुन ५ गते बिहान ७ बजेबाट बाँकी खेल हुने र भोलीबाट मात्रै महिलाका समुह चरणका खेल हुने आयोजक क्लबका अध्यक्ष सुजन कोइरालाले जानकारी दिनुभएको छ ।
सेभेन साइडको उक्त प्रतियोगितामा पुरुषतर्फ ३० र महिलातर्फ छ टिमले भाग लिएका छन् ।
आजको खेल हेर्न करिब चार सयको हाराहारीमा फु्टबल खेलप्रेमी दर्शकहरू सहभागी भएका थिए । आज सोही वडाका वडाध्यक्ष दीपक ढकाल, समाजसेजी रामबहादुर भण्डारी, सौभाग्य सदनका प्रधानाध्यापक तीर्थराज ढकालको विशेष उपस्थिति रहेको आयोजकको भनाई छ ।

प्रकाशित मिति २०७९ फाल्गुन ५, शुक्रबार ०५:४३ गते
हजुरको प्रतिक्रिया