सुन्दरबजारमा एक दिने निःशुल्क रगत र रक्तचाप परीक्षण शिविर

सुन्दरबजारमा एक दिने निःशुल्क रगत र रक्तचाप परीक्षण शिविर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख २० गते बुधबार १०:२४

सो शिविर नमूना सामुदायिक अस्पताल, सुन्दरबजार नगरपालिका, लउवासंघ सुन्दरबजार इकाई, नेपाल रेडक्रस सोसाइटीको सुन्दरबजार उपशाखा सहित सुन्दरबजार क्षेत्रमा रहेको विभिन्न क्लबहरू गरी आठ संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

कुल १०२ जनाले सेवा लिएको उक्त कार्यक्रममा ३३ जना महिलाले सेवा लिएको र सबैभन्दा बढी ओ पोजेटिभ रगत ३९ जनामा पहिचान भएको छ ।

सुन्दरबजार– लमजुङको सुन्दरबजार नगरपालिका– ६, सुन्दरबजार स्थित मिलनचोकमा एक दिने निःशुल्क रगत र रक्तचाप परीक्षण शिविर सञ्चालन गरिएको छ । अस्पतालको हातामा बैशाख २० गते सञ्चालन गरिएको उक्त कार्यक्रममा कुल १०२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।
सो अवसरमा ३३ जना महिला र ६९ जना पुरुषले परीक्षण गर्नु भएको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार सबैभन्दा बढी ओ पोजेटिभ रगत ३९ जनामा देखिएको थियो । त्यस्तै, सबैभन्दा कम ए नेगेटिभ र ए वि नेगेटिभ एक एक जनामा देखिएको उहाँको भनाइ छ ।
अन्यमा, ए पोजेटिभ २५ जनामा, वि पोजेटिभ २४ जनामा तथा ए वि पोजेटिभ आठ जनामा देखिएको अस्पतालका प्रशासन प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वि र ओ नेगेटिभ २÷२ जनामा पहिचान भएको छ ।
परीक्षणमा भाग लिन आउनु हुनेमा ३० वर्षसम्मको उमेरका ३१ जना, ३१ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका ५१ जना र ५० वर्षभन्दा माथि उमेरका २० जना हुनुभएको समेत अस्पतालले जनाएको छ ।
सो शिविरको अन्य आयोजकमा सुन्दरबजार नगरपालिका, लउवासंघको सुन्दरबजार इकाई, नेपाल रेडक्रस सोसाइटीको सुन्दरबजार उपशाखा, सुन्दरबजार युवा क्लब, सुन्दरबजारकै आदर्श युवा क्लब, मिलन शान्ति युवा क्लब र जनशक्ति युवा क्लबसमेत रहेको र अस्पताल समेत सबैको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८० बैशाख २०, बुधबार २२:२४ गते
हजुरको प्रतिक्रिया