सो अवसरमा जिल्ला सदरमुकाम बेसीशहरमा प्रभातफेरि सहित सचेतना स्टिकर टाँस, शुभकामना मन्तव्य सहितका कार्यक्रम बैशाख २५ गते गरिएको थियो ।
मनाङे चौताराबाट सुरु भएको सचेतना र्याली बजार परिक्रमा गरी फूलबारी मञ्चमा सभामा परिणत
लमजुङ– गण्डकी प्रदेशस्तरीय ट्राफिक सप्ताह सुरु भएको छ । सो अवसरमा जिल्ला सदरमुकाम बेसीशहरमा प्रभातफेरि सहित सचेतना स्टिकर टाँस, शुभकामना मन्तव्य सहितका कार्यक्रम बैशाख २५ गते गरिए । ‘सडक दुर्घटना न्यूनीकरण गरी सवानी दुर्घटना न्यूनिकरण गरौं,’ तथा ‘सुरक्षित यात्रा तपाईको चाहना : तपाईको दीर्घायु हाम्रो कामना’ नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम बैशाख ३१ गतेसम्म सञ्चालन हुने छ । प्रस्तुत छ उक्त कार्यक्रमको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..