जुमगढीको सही इतिहासका बारेमा जानकारी दिन र प्रचारप्रसारमा सहयोग होस् भन्ने हेतुले ऐतिहासिक जुमगढी खुलाल दरबार संरक्षण तथा पहिचान समितिको आयोजनामा परिचयात्मक कार्यक्रम सहित अवलोकन भ्रमण
जुमगढी जसबाट लमजुङको समेत नामाकरण भएको इतिहास जोडिएको समेत फेला
जुमकोट, दोर्दी(लमजुङ)– लमजुङका पुग्ने पर्ने अति कम तर महत्वपूर्ण ऐतिहासिक ठाउँमध्येको एक हो– जुमगढी(जुमकोट)– ताम्राङ पोखरी । जहाँ पर्यटकीय सम्भावना प्रचुर छ । जुमगढी जसबाट लमजुङको समेत नामाकरण भएको इतिहास जोडिएको समेत भेटियो ।
उक्त स्थलको सही इतिहासका बारेमा जानकारी दिन र प्रचारप्रसारमा सहयोग होस् भन्ने हेतुले ऐतिहासिक जुमगढी खुलाल दरबार संरक्षण तथा पहिचान समितिको आयोजनामा बैशाख २५ गते केही पत्रकारहरू सहितको टोलीलाई त्यस दरबारको परिचयात्मक कार्यक्रम सहित सो क्षेत्रको भ्रमण गराइयो । त्यसको चाँजोपाजो मिलाउने काम तत्कालीन जिल्ला पञ्चायतका सभापति गजबहादुर गुरुङ र सो समितिका अध्यक्ष मेखराज गुरुङले गर्नु भएको हो । दोर्दी गाउँपालिकाका अध्यक्ष एवम् पर्यटनकर्मी युवराज अधिकारीको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रमको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..