शताब्दी पुरुषको अभावमा नइ प्रकाशन टुहुरो भएको छ : नरेन्द्रराज प्रसाइँ

शताब्दी पुरुषको अभावमा नइ प्रकाशन टुहुरो भएको छ : नरेन्द्रराज प्रसाइँ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख ३१ गते आईतबार ०९:४८

देश विदेशका विभिन्न स्थानमा रहने नेपाली वाङ्मयको श्रीबृद्धिमा योगदान गर्नु हुने कुल २०१ जना स्रष्टाहरूलाई उक्त अवसरमा ‘नइ कीर्ति रत्न’ पदकका साथ सम्मानपत्र समर्पण गर्दै सम्मान गरिएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाइँले जानकारी दिनुभयो ।

साथमा पछिल्ला १३ वर्ष वितायो तर आज उहाँ बिना एक्लो(टुहुरो) भएको छ

काठमाडौं– नइ प्रकाशनले आफ्नो वार्षिकोत्सव शताब्दी पुरुष सत्यमोहन जोशीको शुभजन्मोत्सवको साथमा मनाउँदै आएको हो । उहाँको निधन पछि भने नइ प्रकाशन टुहुरो भएको छ । तर पनि हामी यो क्रमलाई निरन्तरता दिइनै रहन्छौं नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले भन्नुभयो । एक भव्य समारोहका बीचमा नइ प्रकाशनले ‘नइ कीर्ति रत्न’ अलंकार समर्पण तथा नइ कीर्ति लय र नइ प्रकाशन : कीर्ति र आकृति विमोचन समारोहमा प्रसाइँले बैशाख ३० गते त्यस्तो बताउनु भएको हो ।
उहाँले शताब्दी पुरुष ९० वर्षको हुनुहुँदादेखि १०३ वर्ष हुनुहुदाका १३ वर्षसँगै रह्यो । अब पनि उहाँको स्मरणमा यो कार्यक्रमले निरन्तरता पाउने छ भन्नुभयो । सो अवसरमा देश विदेशका विभिन्न स्थानमा रहने नेपाली वाङ्मयको श्रीबृद्धिमा योगदान गर्नु हुने कुल २०१ जना स्रष्टाहरूलाई उक्त अवसरमा ‘नइ कीर्ति रत्न’ पदकका साथ सम्मानपत्र समर्पण गर्दै सम्मान गरिएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाइँले जानकारी दिनुभयो ।
उक्त अवसरमा ‘र्कीति र आकृति’ तथा ‘नइ कीर्ति लय’नामक दुई कीर्तिको विमोचन गरिएको थियो । ती कीर्तिमा क्रमशः १६१ जना स्रष्टाहरूको निवन्ध परक रचना र ६४ जना कवि व्यक्तित्वहरूका कविताहरू संग्रहित छन् । ती कीर्तिमा रचना समावेश भएका लेखक/कविहरूले दुवै कीर्तिको संयुक्त रुपमा ती कीर्तिको विमोचन गरिएको थियो । उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८० बैशाख ३१, आईतवार २१:४८ गते
हजुरको प्रतिक्रिया