‘अब हामीले सोध्नु पर्छ कि बिना पेशा÷आम्दानीको कुनै पनि दलका कार्यकर्ताहरू जो सानसौकत, रजगजका साथ बस्ने गरिआएका छन्, उनीहरूको त्यो हैसियतको आय स्रोत के हो ?’ : सांसद डा. स्वर्णिम
तत्काल लमजुङ– काठमाडौं सम्पर्क समिति ११ सदस्यीय गठन
काठमाडौं– लमजुङबाट काठमाडौंमा आई विभिन्न पेशा, व्यवसाय अपनाई बसेका रास्वपा समर्थक जिल्लाबासीहरूको भेलाले लमजुङ– काठमाडौं म्पर्क समिति गठन गरेको छ । राजधानीमा सम्पन्न भेलाले समितिको संयोजकमा भोला शर्मालाई चयन गरेको छ । सो दलका केन्द्रीय सदस्य डा. प्रभात अधिकारी, सांसद स्वर्णिम स्वाग्ले, सो दलका जिल्ला संयोजक धर्म केसी, प्रवासी नेपाली पद्मराज पन्थी आदिको उपस्थितिमा उक्त समिति जेठ ६ गते गठन गर्दा भएको भेलाको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..