
सुन्दरबजार– विश्व वातावरण दिवशको उपलक्ष्यमा HDCS, नमूना सामूदायिक अस्पतालको आयोजनामा अस्पताल हातामा वृक्षारोपण र बजार सरसफाई गरिएको छ । सो कार्य वतावरण दिवस २०२३ का अवसरमा जेठ २२ गते गरिएको हो ।
सो कार्यक्रममा सुन्दरबजार नगरपालिका– ६, डिभिजन बनकार्यलय सुन्दरबजार, यूथ क्लब सर्कल, लमजुङ क्याम्पस, रेडक्रस सुन्दरबजार उपशाखा आदिको सहयोगमा अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम र बजारमा सरसफाई कार्यक्रम गरिएको HDCS, नमूना सामूदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सो अवसरमा अस्पतालले आफनै हातामा बगैंचा निर्माण गर्दैछ । त्यसमा १० वटा कपुरका विरुवा रोपिएको हो श्रेष्ठले भन्नुभयो ।
उक्त कार्यक्रममा सुन्दबजार नगरपालिका उपप्रमुख भवानी केसी, प्रमुख जिल्ला अधिकारी रामृकष्ण अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष जयराम रेग्मी, जिल्ला प्रहरी कार्यलय प्रमुख प्रनाउ प्रकाश श्रीमती, जिल्ला ससस्त्र प्रहरी कार्यलय प्रमुख मनबहादुर शाही, डिभिजन वन कार्यलय प्रमुख पूर्णेश्वर सुवेदी, रेडक्रस र सुन्दरबजार युवा क्लब साथै कृषि क्याम्पसका विद्यार्थीहरू लगायत अस्पतालका सम्पूर्ण कर्मचारीहरू सहभागिता थियो ।

प्रकाशित मिति २०८० जेष्ठ २२, सोमबार ११:५० गते