
सुन्दरवजार– सनराईज बैंक सुन्दरवजार शाखाले कृषि प्रर्वद्धनका लागि २ दिने तालिम तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकको गण्डकी प्रदेश प्रमुख सुजन पौडेलको आतित्थतामा उक्त कार्यक्रमको असार ६ गते समापन गरिएको हो । उक्त कार्यक्रम असार ५ गते सुरु भई ६ गते सम्पन्न भएको हो । उक्त अवसरमा जिल्लाकै एक मात्र कृषि क्याम्पसमा अध्यापन गराई रहनु भएका तरकारी खेती सम्वन्धी विशेषज्ञ प्रध्यापकहरु सानुकृष्ण मर्हजन, विष्णु दवाडी र गोमा धितालले प्रशिक्षण दिनु भएको बैंकले जनाएको छ । उक्त तालिम अवधिमा किसानहरुलाई फिल्डमानै गई सैद्धान्तिक र प्रयोगात्मक दुवै तरिकावाट तालिम दिईएको वैकका शाखा प्रमुख खेमराज राना मगरले बताउनुभयो । उहाँका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तरगत सो तालिम सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, सुन्दरवजार नगरपालिकाको विभिन्न स्थानवाट उपस्थित ३० जना कृषकहरुले भाग लिएका थिए । तालिममा स्थानीय क्षेत्रमा रहेका विभिन्न कृषि समुहहरुलाई प्रतिनिधित्व गरि सञ्चालन गरिएको हो । उहाँहरुमाफर्त आफ्नो व्यक्तिगत साथ साथै कृषि समुहमा आवद्ध सम्पूर्ण कृषकहरुलाई समेत तरकारी खेती सम्वन्धी जानकारी र खेती गर्दाको समयमा उत्पन्न हुने समस्या र यसका निदानहरुको वारेमा राम्रो जानकारी पुग्ने विश्वास गरिएको आयोजकको भनाई छ । तालिममा सहभागी किसानहरुले आफ्नो कमी कमजोरीहरु पत्ता लगाई मौसमी तथा वेमौसमी तरकारी उत्पादन सम्वन्धी राम्रो जानकारी हासिल गर्नु भएको विश्वास लिएको सो बैंकका शाखा प्रमुख खेमराज राना मगरले बताउनु भयो । सो तालिम समापनका अवसरमा तालिमको लक्ष्य अनुसार अगाडि बढेको र सहभागी किसानहरुले आफ्नो उत्पादनमा सुधार गरी आम्दानी बढाउन सक्ने तथा जीवनस्तरमा समेत सुधार हुने अपेक्षा सहित यो तालिमको आयोजना गरिएको बैंकका गण्डकी प्रदेश प्रमुख सुजन पौडेलले बताउनु भयो । त्यस्तै, प्रशिक्षकका तर्फवाट सानुक्ृष्ण मर्हजन र प्रशिक्षार्थीको तर्फवाट शिवलाल ढकालले मन्तव्य राख्नुभएको थियो । उहाँहरुले सहभागीहरुको सक्रियता र सिक्ने उत्सुकताले आफूलाई उत्साहित बनाएको बताउनु भएको थियो । सो अवसरको उपयोग गर्दै बैंकले सहभागीहरु बीच वित्तीय साक्षरता समेत प्रदान गरेको छ । यसैगरी, सो तालिममार्फत बैंकले प्रदान गर्दै आईरहेको विभिन्न सेवा सुविधाहरु जस्तै– डिजिटल बैंकिङ , मिसकल बैंकिङ , मोवाईल बैंकिङ , अनलाईन बैंकिङ , दुर्घटना तथा स्वास्थ्य बीमा, डिम्याट तथा मेरो सेयर, डेविट, क्रेडिट कार्ड, डलर कार्ड, काड लेस बैंकिङ , क्यूवार तथा पोस मेसिनको प्रयोग गर्ने तरिका र अपनाउनु पर्ने सावधानीहरु सम्वन्धी जानकारी समेत दिईएको शाखा प्रमुख राना मगरले उल्लेख गर्नु भयो । उहाँले बैंकले आफ्नो कार्यक्षेत्रमा हरेक वर्ष यसैगरी, विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तरगतका कार्यक्रमहरु गर्दै आइरहेको र आउदा दिनहरुमा अझै राम्रो र प्रभावकारी कार्यक्रमहरु गर्दै जाने बताउनु भयो । शाखा प्रमुख राना मगरल ती कार्यक्रमहरुमा सहभागी प्रशिक्षार्थी, प्रशिक्षक तथा कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्त तालिम उपयोगी भएको सहभागीहरुले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति २०८० असार ७, बिहीबार २०:४० गते