असार १५ गते खेत रोप्दै दही च्यूँरा खाने संस्कार, संस्कृतिलाई साहित्यको समेत समिश्रणका साथ फरक तौरतारिकाबाट मनाइयो : फोटो फिचर

असार १५ गते खेत रोप्दै दही च्यूँरा खाने संस्कार, संस्कृतिलाई साहित्यको समेत समिश्रणका साथ फरक तौरतारिकाबाट मनाइयो : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार १५ गते शुक्रबार ०६:१७

जिससका उपप्रमुख बुना रिमालको प्रमुख आतिथ्यतामा यहाँ स्थित जनकल्याण माविको आयोजनामा सोही माविका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको हो ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपालको टिमसहितका सहभागीद्वारा कविता, असारे भाका, मुक्तक आदि फरक तर विशेष प्रस्तुति

उदीपुर(लमजुङ)– असार १५ गते खेत रोप्दै दही च्यूँरा खाने संस्कार, संस्कृतिलाई साहित्यको समेत समिश्रणका साथ फरक तौरतारिकाबाट मनाइयो । जिल्ला समन्वय समितिका उपप्रमुख बुना रिमालको प्रमुख आतिथ्यतामा यहाँ स्थित जनकल्याण माविको आयोजनामा सोही माविका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा यहाँ सो कार्यक्रम असार १५ गते भएको हो ।
उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवरका साथै भोटेओडार क्षेत्रका अन्य स्थापित कविहरूको सहभागिता उहाँहरूका कविता, असारे भाका, मुक्तक आदि फरक प्रस्तुति रह्यो । यसैगरी, ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको गायकी टिमद्वारा असारे भाका र ठाडोभाकाको प्रस्तुति गरेको थियो । प्रस्तुत छ सो कार्यक्रमको फोटो फिचर :

 

प्रकाशित मिति २०८० असार १५, शुक्रबार १८:१७ गते
हजुरको प्रतिक्रिया